भूलचुकले कपाल फुल्यो तर म युवा हुँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूलचुकले आफ्नो कपाल फुले पनि आफू युवा नै रहेको बताएका छन् ।सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई हौसला दिँदै

आफ्नो कपाल भूलचुकले फुले पनि आफू युवा नै रहेको बताए ।उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु युवा संघबाट युथ फो’र्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ ।

अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन । ’एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन ।‘एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ ।

विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने ।रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्,

तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फु’त्त फ्याँ’केर, मास्क स्टाइलिस पाराले फु’त्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ?

राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अ’धिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बो’लेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चु’इक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।

रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि उनले गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको वि’रोध सभामा नेतृ झाँक्री मु’खमा कालो टे’प लगाएर मञ्चमा पुगेकी थिइन् । मु’खमा कालो टेप लगाएर मञ्चमा पु’गेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।