रामकुमारीलाई ओलीको प्रश्न : बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं ।-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत स’माजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौ’नताबारे प्रश्न उठाएका छन् ।

युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले गृह मन्त्रालयले एमसीसीको वि’रोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला द’हनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाएका हुन् ।रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँ’केर,

मास्क स्टाइलिस पाराले फु’त्त खोलेर, आफैंले टाँसेको टेप फि’ल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’

एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अ’धिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा का’रबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइ’क्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे दिएको

अभिव्यक्तिलाई लिएर पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि उनले गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको वि’रोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खो’लेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।