यिनै हुन् परिवारका ६ जनाको ह’त्या गर्दा पनि बाचेका बौद्धमान कार्की, ८० लाखमा किनेको जग्गा…

काठमाडौं :संखुवासभामा एकै परिवारका ६ जनाको ह,’त्या हुनको पछाडि आर्थिक कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।घटनास्थल पुगेको प्रहरी स्रोतका अनुसार कार्की परिवारको घरमा रकम रहेको आशंकामा डाँ,का गर्न आएका व्यक्तिबाट ह,’त्या भएको हुनसक्ने देखिएको छ।

प्रहरी स्रोतका अनुसार ह,’त्या भएका तेजबहादुर कार्कीको परिवारले झापामा ८० लाख बराबरको जग्गा किन्ने तयारीमा थियो। त्यसका लागि केही रकम बैना समेत गरेको पाइएको छ। ह,’त्या भएका तेजबहादुर कार्कीका दुई छोरा रमेश र नरेश वैदेशिक रोजगारीमा छन्। रमेश मलेसियामा छन् भने नरेश दुबईमा छन्।

प्रहरी स्रोतका अनुसार उनीहरुले झापामा जग्गा किन्न लागि भनेर केही दिन पहिला पैसा समेत पठाएको पाइएको छ।‘जग्गा किन्नका लागि भनेर उनीहरु दुवै जनाले पैसा पठाएको पाइएको छ। रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले ह,’त्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ एक प्रहरी अधिकारीले भने।

यता मृ’तक तेजबहादुर कार्कीका भाइ तिलक कार्कीले समेत जग्गा किन्ने तयारी रहेको बताएका छन्। उनी तेह्रथुम बस्दै आएका थिए। घटना भएको जानकारी पाउनसाथ आजै घर पुगेका छन्। उनले भने, ‘कसैसँग दु’श्मनी भएको अहिलेसम्म थाहा छैन।

कसले किन ह,’त्या गर्‍यो भन्ने रहस्यम नै छ।’तिलकले पनि जग्गा किन्ने तयारी रहेको बताएका छन्। तिजपछि झापामा किन्न लागेको जग्गा पास गर्ने तयारी रहेको उनले बताए। प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेकोले अहिलेसम्म कसैलाई पनि घरमा प्रवेश गर्न दिएको छैन।

पैसा राखिएको दराज तोडफोड भएको वा रकम नभेटिएको अवस्थामा आर्थिक पाटोकै कारण ह,’त्या भएको हुनसक्ने पाटो झन् मजबुत हुने उनी बताउँछन्। मृत अवस्थामा फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन्।

घटनामा जीवित रहेका ९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। बौद्धमानलाई उदृत गर्दै घटनास्थल मादी नगरपालिका–१ उमलिङका वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘अहिले म घटनास्थलमै छु। घटना बारेमा सोही परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’

वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ। बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।