तपाईंहरु ढुक्क हुनुस्, एमसीसी पास हुँदैन : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियाेजनाकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पास नहुने बताउनुभएको छ ।

योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई आज मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसीबारे थप प्रष्ट पार्न आग्रह गरिएको र सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताउनुभयो । एमसीसीको विषय गाउँ–गाउँसम्म पुगेको र आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

‘अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न, अमेरिकाले थप प्रष्ट पारेपछि र संशोधन गरेपछि सोच्न सकिन्छ’, प्रचण्डले भन्नुभयो ।नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वाधीनताप्रति पूर्ण प्रतिबद्ध रहेकाले बहुसङ्ख्यक नागरिकको इच्छा विपरीत र शङ्का गरिरहेको विषय पास हुनुहुँदैन भन्नेमा अडिग रहेको प्रचण्डले बताउनुभयो ।

वाईसीएलले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको छ । उता नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मीलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरोधमा आन्दोलनको घोषणा गरेको छ ।सत्तारुढ गठबन्धनले संसदबाट अनुमोदन गराउने तयारी गरिरहेका बेला विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध आ,’न्दोलनको घोषणा गरेको हो ।

उसले भदौ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । जसले पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नेछन् ।नेकपाले मंगलबार विज्ञप्ति जारी गर्दै एमसिसीको वि,’रोधमा आ,’न्दोलनको घोषणा गरेको हो । नेकपाले भदौ २३ गते देशभरका सबै जिल्लाहरु,

स्थानीय तह र सहरहरुमा कोणसभा गर्नेछ । यस्तै भदौ २५ गते देशव्यापी वि,’रोध प्रर्दशन, २६ गते एमसीसी सम्झौताको कागजात जलाउने, भदौ २७ गते जिल्ला सदरमुकाम र ठूला सहरहरुमा सि,’टी जु,’लुस गर्ने जनाएको छ ।