काभ्रेका ५६ जनप्रतिनिधिले रोजे नेकपा(एस)

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिले पार्टी परित्याग गरी नयाँ पार्टीमा सनाखत गरेका छन् ।सनाखत गर्नेमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र

भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ सहित ११ वडा अध्यक्ष र ३२ जना वडा सदस्य रहेका छन् । एमालेका ५६ जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी) रोजेका हुन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म जनप्रतिनिधिहरुलाई दल रोज्‍न समय दिएको थियो ।

मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवासहित नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ, भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठ, मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिका, भुम्लु र महाभारत गाउँपालिकाका ११ जना वडाअध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य २ जना,

विभिन्न स्थानीय तहका ६ जना कार्यपालिका सदस्य र ३४ जना वडा सदस्य गरी ५६ जनाले एकीकृत समाजवादी रोजेको वाइवाले जानकारी दिए । मण्डनदेउपुर नगरपालिकाका प्रमुख वाइवा नेकपा(एस)का जिल्ला अध्यक्ष हुन् ।काभ्रेमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको संख्या ३४४ छ ।

जिल्लाका १३ स्थानीय तहमध्ये ५ नगरपालिकाका प्रमुख, उपप्रमुख र २ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख सहित सदस्यहरुमा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।