मध्य रातमा उत्तर कोरियामा भव्य सै’न्य प’रेड [तस्बिरहरु]

काठमाडौं- उत्तर कोरियाले स्थापनाको ७३ औं वर्ष पुगेको अवसरमा सै’निक प’रेड आयोजना गरेको छ। बुधबार मध्यरात प्यो’ङयाङमा भव्य सै’न्य प’रेडको आयोजना गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोरियन से’न्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन उक्त कार्यक्रममा स’हभागी भएका थिए । राजधानी प्यो’ङयाङको किम इल सु’ङ स्क्वायरमा आ’योजित परेडमा ल’डा’कु वि’मानद्वारा हवाई प्र’दर्शन पनि गरिएको थियो ।

केसीएनमा प्रकाशित तस्बिरमा किमले स्वायरको बा’र्दलीमा उभिएर तल प’रेडमा उपस्थित भएकाहरुलाई अविवादन गरिरहेको देख्न सकिन्छ। एक वर्ष भन्दा कम समयमा प’रमाणु स’शस्त्र राष्ट्रको यो तेस्रो प्र’दर्शन हो। रातिको उक्त प’रेड टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण गरिएको थिएन र घन्टौंपछि सरकारी टेलिभिजनहरुमा देखाइएको थियो।

प’रेडमा कुनै ठूला ह’तियार र मि’साइल प्रदर्शन नगरिएको एनके न्यूजले जनाएको छ। यसअघि अक्टोबरमा अं’तरमहा’द्वीपीय क्षे’प्या’स्त्र प्रदर्शन गर्दै भव्य सै’न्य परेडको आयोजना गरिएको थियो। यसपटक कार्यक्रममा किमले भा’षण गरेनन्। तर उच्च अधिकारी

री ह्वा’नले देशको समाजवादी व्यवस्थाको वचाउ गरेका थिए र म’हामारीको सामना गर्न सफलता पाएको दा’बी गरेका थिए। बुधबार राति प’रेडसँगै प्योङयाङको आ’काशमा आ’तासबा’जी गरिएको थियो।