आमाबिना अक्षयकुमारको पहिलो जन्मदिन : थामिएन आँशु, यसरी सम्झिए आमा

एजेन्सी । आज सेप्टेम्बर ९ मा बलिउड अभिनेता अक्षय कुमारको जन्मदिन परेको छ। अभिनेता अक्षय आजबाट ५४ वर्ष पुरा भई ५५ वर्षमा लागेका छन्। तर उनको विशेष दिनको एक दिनअघि नै उनकी आमा अरुणा भाटियाको नि’धन भयो।

अक्षय सधैं आफ्नो परिवारको धेरै नजिक नै छन्। झन् आमा भनेपछि त उनी हुरुक्कै नै हुने गर्थे। आफ्नो करियरको शुरुवातदेखि सफलताको उचाईसम्म आइपुग्दा अक्षयले सधैं आफ्नो सफलताको श्रेय परिवारलाई दिने गरेका छन्। जन्मदिनको अवसरमा अक्षयले आफ्नी आमासँगको एउटा तस्बिर सेयर गर्दै उनलाई सम्झिएका छन्।

इन्स्टामा आमासँग एउटा फोटो सेयर गर्दै अक्षयले लेखेका छन् ‘मलाइ माथिबाटै भए पनि जन्म दिनको शुभकामना दिँदै छिन मेरी आमाले।’ यो पोस्टलाइ बलिउडका अन्य सेलिब्रेटीले शेयर गरेर जन्म दिनको शुभकामना दिएका छन्। सानै उमेरमा अक्षयले आफ्नो बुबा हरि ओम भाटियालाई गुमाएका थिए।

आफ्नो बुबासँग पनि निकै नजिक रहेका उनी बुबाको निधनपछि बहिनी अल्काला र आमा अरुणा भाटियाको हे’रचाहमा व्यस्त भए। अक्षयको यो जन्मदिन आमाबिनाको पहिलो जन्म दिन भयो।