अब यस्ता ब्यक्तिलाई मासिक पाँच हजार भत्ता दिने सरकारको घोषणा

काठमाण्डाै – सरकारले क्यान्सर, मि’र्गौला, ग’म्भीर मेरुदण्ड पक्षघा’तलगायतका दी’र्घ रोगी’लाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ ।

आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले ग’म्भीर रोगका बि’रामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ सालको चुनावअघि निर्णय गरे पनि कार्यान्वयनमा नगएको दी’र्घ रो’गीलाई भत्ता दिने योजना यस पटक बजेटमार्फत आएको हो ।

यो योजनालाई चु’नावपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो । यो कार्यक्रमबाट झन्डै एक लाख जना लाभान्वित हुने सरकारको अनुमान छ ।यस्तै बजेटमा विभिन्न राजनीतिक तथा परिवर्तनका आ’न्दोलनमा बलिदान गर्ने परिवार अर्थात् शहीद परिवारलाई जीवनवृत्ति स्वरूप महिनाको तीन हजार रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।

सरकारले को’रोना महामारीका कारण काम गुमाएका पाँच लाख गरिब परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ सहयोग दिने पनि बजेटमा उल्लेख छ ।नेकपा एमालेका सांसदको ना’राबाजी र अ’वरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घ’टाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।कुल विनियोजनमध्ये सङ्घको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत,

पुँजीगततर्फ तीन खर्ब ७८ अर्ब १० करोड रुपैयाँ अर्थात् २३ दशमलव १६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११ दशमलव ६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८७ अर्ब ३० करोड अर्थात २३ दशमलव ७२ प्रतिशत बजेट छुट्याइएको छ ।