प्रिमियर वायर्स लगायत ४ उद्योगले पाए २ करोड ९० लाख अनुदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ४ वटा उद्योगहरुलाई २ करोड ९० लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारको केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ऊर्जा दक्षता कार्यक्रमको अनुदान सहयोग अन्र्तगत बिहीबार उद्योगहरुलाई सो रकम हस्तान्तरण गरेको हो ।

बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिजलाई १ करोड, प्रिमियर वायर्सलाई ९३ लाख ६० हजार ३२०, हुलास स्टील इन्डष्ट्रिजलाई ६४ लाख ३७ हजार २३१ र सालिमार मेटल्सलाई ३२ लाख ८ हजार ८०० रुपैंया हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेकाले स्वीकृत अनुदान कार्यविधि अनुसारको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

नेपालका लागि जर्मन राजदुतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे ।

उनले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम बैंक मार्फत उपलव्ध गराइने छ ।

कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।