खुट्टा गुमाएर पनि माइल हिडेकी सुधा

हरेक मानिस शारीरिक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् ।तीन वर्षको कलिलो उमेरदेखि भारतनाट्यम सिकेकी बलिउड एक्टर तथा डान्सर सुधा चन्द्रनको जीवनमा ठुलो संकट तब आयो जब उनी बस दुर्घटनामा परिन् ।

उनलाई सामान्य चोट लागेको थियो तर समयमा चेकअप नगराउँदा उनको दाहिने खुट्टा काट्नु परेको थियो । उनको करिअरमा ठुलो धक्का लाग्यो । तर उनले हार मानिनन् ।आर्टिफिसियल खुट्टा हालेर उनी एकपटक फेरी आफ्नो करिअर बनाउन लागि परिन् ।

घाइतेभएपछि उनले जब पहिलो पटक स्टेजमा परफरमेन्स दिइन् तब उनको उत्साहाको चौतर्फी तारिफ गरिएको थियो । उनलाई एक पत्रिकाले कोट गर्दै लेखेको थियो एउटा खुट्टा गुमाइन् तर माइल हिडिन् उनी भारतीय फिल्मीकी चर्चामा रहिरहने अभिनेत्रीमा गनिन्छिन् । उनले धेरै अवार्ड पनि प्राप्त गरेकी छिन् ।