एमाले सांसदले टो’क्दा मर्यादापालक घा’ईते

काठमाडौं । शुक्रबार प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले रमिता देखाइदिए । संसदीय मर्यादा कायम गर्न भन्दै उनीहरुले नाराबाजी मात्रै गरेनन् कुर्सी फो’ड्नेदेखि माइक भाँच्नेसम्म्का अराजक गतिविधि गरे । सभामुख अग्नि सापकोटाले दिउँसो १ बजे बैठ बोलाएका थिए ।

राष्ट्रिय गान पछि बैठक सुचारु नगर्दै एमाले सांसदहरु रोष्टम घेर्न दौडिई हाले । एमालेकी सचेतक शान्ता चौधरी सबैभन्दा पहिले दौडिएर रोष्टम घेर्न पुगेकी थिइन् ।महेश बस्नेत, निरु पाल लगायत पूर्व युवा संघका नेताहरुले ना’राबाजी मात्रै गरेनन् सांसद पदम गिरी लगायतहरु मर्यादा पालकमाथि नै चढ्ने कोशिस गर्थे ।

सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले निरन्तर संसद अ’वरुद्ध गर्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई सभामुखले पनि कारबाही गर्नुपर्ने माग राख्नै एमालेले संसद अ’वरुद्ध गर्दै आएको हो । शुक्रबार पनि उनीहरुले सोही विषयमा चर्को नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुले शुक्रबारको बैठकमा सभामुखलाई औँ’ला ठडाउँदै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, विधिको शासन लागु गर, कानुनी सर्वोच्चको लागु गर जस्ता नारा लगाएका थिए । तर, सांसदमाथिको कारबाही सर्वोच्च अदालतमा विचाराधिन छ ।

उक्त मु’द्दा बारे संसदमा छलफल समेत गर्न नपाईको कानुनी व्यवस्था छ । यद्धपी एमाले सांसदहरुले कानुनी मर्यादा पालना गर्न भन्दै संसद अ’वरुद्ध गरिरहेका छन् ।शुक्रबारको संसदमा भने अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधयक मार्फत बजेट समेत ल्याए ।

विधयक लिएर संसद जान लागेका शर्मालाई रो’क्ने कोशिस गरेपछि उनी दौडिएरै रोष्टममा पुगेका थिए । यता एमाले सांसदहरु भने ६ तहको मर्यादा पालकमाथि चढ्नेदेखि माइक भाँच्ने सम्म गर्न पुगे । सांसदहरुले केही मर्यादा पालकको हातमा टो’केको समेत पाइएको छ ।

एमाले सांसदको टो’काईबाट एक जना मर्यादा पालक ग’म्भिर घा’इते भएको प्रहरी विशेष सुरक्षा स्रोतले जनाएको छ । ‘ना’राबाजी भइरहेका बेला एक जना सांसदले हाम्रा एक म’र्यादापालकको हातमा टोकेको समेत पाइयो । उहाँको टोकाइबाट एकजना साथी ग’म्भिर घा’इते हुनु भएको छ । उहाँलाई सामान्य औ’षधी लगाइको छ,’ प्रहरी स्रोतले भन्यो ।

उनको भनाई पुष्टि गर्ने तस्विर समेत फेला परेको छ । कान्तिपुर दैनिकका लागि अंगद ढकाले कै’द गरेको तस्विरमा एमाले सांसदले मर्यादा पालकलाई टो’केको स्पष्ट देख्न सकिन्छ । शुक्रबारको संसद बैठकमा एमाले सांसद रेखा कुमारी झाले गृहमन्त्रीको माइक झिकेर अर्थमन्त्रीको टाउको फु’टाउने कोशिस समेत गरेकी थिइन् ।