‘पाथीभरा माता’को नाममा अनिल बम्जनकाे अपराध कर्म

काठमाडौं= धामी, झाँक्रीको आवरणमा मानिसका व्यवहारिक समस्या मिलाइदिने, रोग बिसेक पारिदिने धन्दा यत्र, तत्र, सर्वत्र चल्दै आएको छ ।अनिल बम्जन यस्तै पात्र हुन्, जसले पाथिभरा माताका नामबाट गोरखधन्दा चलाइरहेका छन् ।

बुढानिलकण्ठको पासिकोटमा आश्रम खोलेर सोझासोझा ठग्दै आएका उनका विरुद्ध पीडितले गुनासो गर्दा कतैबाट सुनुवाइ भएको छैन । आफूलाई स्वघोषित पाथिभरा माता बताउने यिनलाई सुुरुमा धेरैले विश्वास पनि गरे । उनी पुरुष थिए, यद्यपि माताका नाममा उनको नाम फैलिँदै गयो ।

‘एक कान, दुई कान, मैदान’ हुँदै आपत विपतमा परेका मानिस अनिलको दैलोमा आउन थाले । आफूप्रतिको त्यही विश्वासलाई उनले अपराधको जालोमा परिणत गर्दै गए । पहिले नामले पाथीभरा माता बनेका बमजन अहिले ठ’गी कर्मले बद्नाम बन्दै गएका छन् ।

ठगीको गाँठो फुक्दै गएपछि आफैँले पीडित बनाएकाहरूलाई उनले ड’रध’म्की देखाउन थालेको पीडितहरूको आरोप छ । आश्रममा आउन छोडेकाहरूलाई अन्य मानिस लगाएर भौतिक आक्रमण गर्न लगाएका थिए । माताका नाममा ठगीधन्दा चलाउँदै आएका बमजनले मनलाग्दी संवाद गर्ने गरेका छन् ।

घटनापछि पीडित पक्षले योजनाकार अनिल बमजनलाई उपस्थित गराउन पटक–पटक माग गर्दा प्रहरीले अटेर गरी दोषी बचाउन खोजेको आरोप पीडित पक्षको छ । यद्यपि प्रहरी वृत्त स्वयम्भू यस विषयमा बोल्न चाहेन । प्रहरीमा सुनुवाइ नभएपछि
पी’डितहरु न्या’यका लागि आवाज उठाइदिन सञ्चारगृहमा धाइरहेका छन् ।

भगवानको नाममा अ’पराधक’र्मको नकाव बनाएर लु’टपाट मच्चाउने यस्ता प्रवृत्ति ठेगान लगाउन सबै पक्षको सक्रियता र सचेतता आवश्यक छ ।