दशैँमा घर आउँछु भन्नुभएको थियो, दशैँ अगाडिनै मलेसियाबाट अ’स्तु आइपुग्यो !

सदाझैँ शनिबार बिहान पनि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि ठूलै भि’ड थियो। अन्तर्राष्ट्रिय विमानस्थल यस्तो संगमस्थल हो, जहाँ वर्षौं छुटेका आफन्तको मिलन र अब वर्षौं छुटिनु पर्नेहरूको कथा एकैपटक देखिन्छ ।

एकातिर मलिन अनुहार, रसाएका आँखाको आँसु पु’छ्दै, फिक्का हाँसोका साथ बिदाइका हात ह’ल्लाइरहेकाको भिड, अर्कातिर वर्षौं छुटिएका आफन्त नेपाल फर्कंदा खुसी। विमानस्थलमा देखिने यस्तो दृश्य नौलो भने होइन। तर, त्यही माझमा अलि फरक दृश्य पनि थियो।

रातो रङको कुर्ता सुरुवाल, मुखमा मास्क, मलिन अनुहार, आँखाबाट झरेका आँसुलाई रुमालले पुछ्दै अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि बसिरहेकी थिइन् राधा ज्ञवाली। उनका ती भिजेका आँखाले विमानस्थलको कार्गो फलामको ठूलो गेटतर्फ हेरिरहन्थ्यो।

सामान्यतया कार्गोबाट सामान आउने गर्दछ। तर, उनी सामानको पर्खाइमा थिइनन्। विदेशमा अ’स्ताएका आफ्ना श्रीमानको अ’स्तु पर्खिरहेकी थिइन्। मलेसियामा ४० वर्षीय श्रीमानको मृ’त्यु भएपछि अ’स्तु लिनका लागि रुपन्देहीबाट आएकी हुन्। उनको साथमा २३ वर्षीया छोरी आएकी थिइन्।

आठ वर्षदेखि विदेशिएका श्रीमान नेपाल आउने आशामा बसेकी ज्ञवालीले जिउँदो श’रीरलाई स्वागत गर्न पाइनन्। ‘यही वर्ष दशैँमा घर आउँछु भन्नुभएको थियो’ उनले गहभरी आँ’सु पार्दै भनिन्,‘दशैँ आउनु अगाडि अ’स्तु आइपुग्यो।’ परिवारको आर्थिक अवस्था सुदृढगर्न र छोराछोरीको उज्‍ज्वल भविष्यका लागि ज्ञवाली ०७० मा रोजगारी खोज्दै मलेसिया गएका थिए।

गणेशले त्यहाँको एक कम्पनीमा काम गर्दथे। रेष्टररेन्ट समेत चलाएका थिए। कमाई पनि राम्रै थियो। करिब डेढ महिना अगाडि गणेशलाई को’रो ना पोजेटिभ देखियो। तर, उनले घरमा भनेका थिएनन्। को’रो ना रिपोर्ट नेगेटिभ आएपछि उनले छोरी निकितालाई फोन गरेर आफूलाई का’रो ना लागेर निको भएको सुनाएका थिए। रिपोर्ट नेगेटिभ आएको केही दिनमा सास फे’र्न गा’ह्रो भएर उनी अस्पताल गएका थिए।

‘अस्पतालमै मृ,त्यु भएको खबर आयो । १५ दिन अगाडि नै मृ,त्यु भएको खबर पायौँ’, छोरी निकिताले भनिन्। ​को’रोनाले मृ’त्यु भएकाको श’व ल्याउन नमिल्ने भएपछि अ’स्तु भए पनि आफ्नै हातले से’लाउनका लागि नेपाल मगाएको निकिताले बताइन्। थाहा खबर