अफगानिस्तानमा नयाँ नियम : छात्र र छात्रा सँगै बस्न नपाउने

अफगानिस्तानको ता’लिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ ।पहिलोपटक अफगानिस्तानमा शा’सन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्र’तिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्र’तिबन्ध नलगाउने जनाएको छ ।

महिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने ता’लिबानले जनाएको छ ।उच्च शिक्षा सम्बन्धी मा’मिला हेर्ने एकजना मन्त्री अ’ब्दुल बाकी ह’क्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको छ ।ता’लिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रे’स को’ड लागू गरिने छ ।

ता’लिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट व’न्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ । किनभने विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग-अलग कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन छैन ।यद्यपि ह’क्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् ।

कमी भएको स्थानमा दोस्रो विकल्प सो’चिने उनले बताए । उनले भने, ‘यो सब विश्वविद्यालयको क्ष’मतामा निर्भर गर्दछ । पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’ह’क्कानीका अनुसार विद्यार्थीहरूलाई पढाउने विषयहरूको समीक्षा भइरहेको छ ।

ह’क्कानीले पत्रकारहरुसँग भने, ‘ता’लिबान वा’जिब र इ’स्लामी पाठ्यक्रम बनाउन चाहन्छ, जो हाम्रो इ’स्लामी, राष्ट्रिय र ऐ’तिहासिक मूल्यअनुसार होस् । अर्कोतर्फ यो अन्य देशसँग प्र’तिस्पर्धा गर्न पनि सक्षम होस् ।’यो नयाँ नियमलाई अफगानिस्तानका ना’गरिकले स्वीकार गर्ने ह’क्कानीले विश्वास व्यक्त गरे ।

उनले भने, ‘जनता मु’स्लिम हुन्, त्यसैले उनीहरुले यसलाई स्वीकार गर्छन् ।’देशको प्राथमिक र माध्यमिक विद्यालयमा महिला र पुरुषहरुलाई अलग-अलग शिक्षा दिइने छ । यो रुढीवादी अफगानिस्तानमा पहिलेदेखिकै चलन हो । छात्राहरुले हि’जाब (पूरै शरीर ढा’किने पोशाक) लगाउनु पर्नेछ ।

राष्ट्रपति भवनमा ता’लिबानले आफ्नो झण्डा फ’हराएको भोलिपल्ट उच्च शिक्षा नीति घो’षणा गरेको हो । यसलाई तालि’बान शा’सन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।