बस र ट्रक ठो’क्किंदा ३ जनाको मृ’त्यु, २४ जना घा’इते

नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठो’क्किँदा तीन जनाको मृ’त्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठो’क्किँदा दु’र्घटना भएको हो ।

प्रहरीका अनुसार दु’र्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।मंगलबार बिहान भएको दु’र्घटनामा ग’म्भीर घा’इते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृ’त्यु भएको थियो ।

दु’र्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घा’इतेमध्ये ३ जनाको अवस्था ग’म्भीर रहेको उनले बताए ।स्मृति पुल नजिकको सिंगललेनको

डा’इभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा ख’सेको थियो । ट्रक र बसका दुबै चालक घा’इते छन् । उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरण अनुसार तीन जनाको पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठ’क्कर दिँदा बस १० फिट तल खो’ल्सामा ख’सेको थियो ।