माल्दिभ्स पुगेर खिचिएका अदितीका विकिनी तस्विरहरू भाइरल

३१ भाद्र २०७८, बिहीबार काठमान्डौ- केही वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी अहिले माल्दिभ्समा छिन् ।

लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले अहिले माल्दिभ्स पुगेर विकिनीमा तस्वीर सार्वजनिक गर्दै आफ्नो घुमघामको अपडेट फ्यानहरुलाई गराएकी छिन् ।कोरोना महामारिको समयमा नेपालमा रहेकी बुढाथोकी कोरोना खोप लगाउन उनी भारत पुगेको खबर समेत सार्वजनिक भएको थियो ।

झापा दमक घर भएकी नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १७ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । केही समयअगाडि नै उनले मुम्बईको एक समुन्द्री तटबाट कालो विकिनीमा खिचिएका केही तस्विरहरू सार्वजनिक गरेकी थिइन् ।माल्दिभ्सको एक समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीका तस्वीरहरू सार्वजनिक भएको छ ।

उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरहरूमा उनी कालो र रातो विकिनीमा देखिएकी छिन् ।चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।