प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । को’रोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।

हाल को-भि’ड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

को-भि’डको जो’खिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ ।पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।

यो पनि –नेपालको ताजमहल मानिने पर्यटकीयस्थल रानीमहल सुनसान बनेको छ । अन्य समयमा हरेक दिन पर्यटकको चहलपहल हुने रानीमहल यति खेर पर्यटकको पर्खाइमा एक्लै कु’रिरहेको देखिन्छ ।

को’रोना संक्रमण देखिएसगै संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रानीमहल क्षेत्र सुनसान बनेको स्थानीय बताउछन। यसले गर्दा रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दे संचालनमा आएका रिर्सोटहरु समेत बन्द रहेको होटेल व्यवसायी शुरेस पाण्डेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,’ को-भि’ड १९ ले गर्दा गत बैशाख देखि नै होटल बन्द गरेर बसेका छौँ ।’ रानीमहलमा हिजोआज मुस्किलले एक सयको हा’राहारीमा पर्यटक पुग्ने गरेका छन।सामन्य अवस्थामा यहाँ दैनिक नौ सयको संख्यामा प’र्यटक आउने गरेका थिए। तानसेनदेखि १४ किलोमिटर टाढा कालीगण्डकी किनारमा अडिएको ‘रानीमहल’ यस्तै एउटा प्रेमको प्रतीक हो ।

तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाइनबाट बनाईएको थियो । दरबारमा २४ ओटा कोठा छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भ’क्तिनीहरु बस्ने स्थल समेत छन् ।

लीगण्डकी नदी किनारमा तत्कालीन पश्चिम कमान्डर खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.सं. १९५४ मा बनाएका हुन् । १९५० देखि बनाउन सुरु गरेको महल ४ वर्षमा तयार भएको हो ।दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहललाई भारतको ताजमहलजस्तै प्रेमको प्रतीकका रूपमा लिइन्छ ।