रातो पहिरनमा १२ नेपाली सुन्दरीहरू (फोटो फिचर)

भाद्र शुक्ल द्धित्तियाको दिन देखि सुरुभई तिनदिनसम्म अर्थात ऋषिपञ्चमिको दिनसम्म मनाइने तिजको आफ्नै महत्व छ । अविबाहित महिलाहरु जो प्रथम पटक रजस्वला भएका स्त्रीहरुले मनले सोचेजस्तो वर (केटा) पाईयोस भनेर बस्ने गर्छन

विवाहित महिलाले आफ्नो श्रीमानको दिर्घायु र सु(स्वास्थ्यको कामनाको लागी तिजको ब्रत बस्ने गर्छन् ।तिजमा सबैले विवाहित भएका दिदि बहिनीहरुलाई लिन जाने र दिदि बहिनीहरु पनि माईतिको निमन्त्रणालाई स्वीकार गरि जाने प्रचलन छ । तिजमा विषेस गरी गाउँघरमा बर्खाभरी घरमा दुःख गरेका चेलीहरुजम्म भई माइती गएर गित गाएर नाचेर रमाउने गर्छन ।

भाद्र शुक्ल पक्ष द्वितियाको दिन बेलुका मिष्ठान्न भोजन (दर) खाने प्रचलन छ । बेलुकीको १२ वजे दर को रुपमा आडिलो भोजन खिर तथा अन्य मिष्ठान्न भोजन गर्ने परम्परा छ । भोलिपल्ट दिनभर ब्रत (भोकै बस्न) पर्ने भएकाले भाद्र शुक्ल पक्ष द्वितिया दिन सबै चेली जम्मा भएर राति दर खाने परम्परा रहेको छ ।

ब्रतको दिन भोलिपल्ट नाचगान गर्ने गित मार्फत घरका दुःख पिडाहरु पोख्ने खालको कारुणिक गितहरु गाउछन् त कोहि तिजमा आफ्ना रहरहरु गितमार्फत पोख्ने खालका गितहरु गाउने गर्दछन भोलिपल्ट दिनभर ब्रत बसि बेलुकि साँझको तारा उदायपछि तुलसिको पुजा गरेर भोजन गर्ने परम्परा छ ।

यस वर्षको हरितालिका तीज अघिल्लो बर्षभन्दा रंगिन देखियो । अघिल्लो बर्ष लकडाउनका कारण पनि रंगिन हुनसकेको थिएन तर यो बर्ष भने केहि रंगिन बन्यो तीज ।नेपाली फिल्म क्षेत्रका नारीहरुले पनि हर्षोल्लासका साथ तीज मनाए । रंगिन पर्वमा लगाएको रातो पहिरणको फोटो उनीहरुले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

जहाँ राती सारीमा उनीहरूको सुन्दरता निकै खुलेको छ । उनिहरूको पहिरनले सामाजिक संजाल पनि रंगिन बनाएको छ ।हरितालिका तीजमा सारीमा सजिएका नेपाली फिल्म क्षेत्रका नारीहरुका तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छाैँ ।