मानिस पा,’सो लगाएर म,’रेको डोरी महंगोमा बिक्छ भनेर डोरीकै लागि मान्छे मा,’रियो

काठमाडौं। मानिस पा’सो लगाएर म’रेको डोरीको मूल्य करोडौं रुपैयाँ पर्छ भन्ने सुनेका आधारमा सोही डोरी हात पार्नको लागि आफैंले डोरीले घाँ’टी क’सेर महिलाको ह,’त्या गर्नेहरु पक्राउ परेका छन् ।

ललितपुरको सुनाकोठीमा बस्दै आएकी ४५ वर्षकी कमला तामाङको ह,’त्या अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजन १८ वर्ष, २१ वर्ष र २३ वर्षका छन् ।गएको भदौ २५ गते बिहान नुवाकोटको बेलकोट गढी–९ घर भइ ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको डोरीले घाँटी बसेर ह,’त्या भएको थियो ।

हत्याको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले मोरङको पथरी शनिश्चरे–८ घर भइ ललितपुरको हरिसिद्ध बस्ने २० वर्षका सुमन मगरलाई हरिसिद्धिबाटै बिहीबार पक्राउ गरेको थियो ।उनको प्रारम्भिक बयानका आधारमा घटनाका अन्य २ अभियुक्तहरुलाई पनि पक्राउ गरिएको हो ।

घटनामा संलग्न मगवानपुरको राक्सिराङ गाउँपालिका ५ घर भइ हरिसिद्धमै बस्ने २३ वर्षका सविन प्रजा र उनकी श्रीमती १८ वर्षकी प्रविना प्रजा माझीलाई शुक्रबार मकवानपुरको मनहरीबाट पक्राउ गरिएको थियो ।अनुसन्धानका क्रममा अभियुक्तहरुले बताएअनुसार

सविन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपूर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेकोले ती वस्तुहरु हासिल गर्न चाहेका थिए ।

उनीहरु अन्धविश्वासमा परेर त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले यो हत्या गरेका थिए ।कमला तामाङसँग सुमन मगरको पहिलेदेखिकै चिनजान र अवैध सम्बन्ध समेत हुने गरेको थियो । उनी टहरामा एक्लै बस्ने गरेकी थिइन् । उनीहरु भदौ २४ गते साँझ कमलाकै टहरामा गएर खानपिन र मा,’दक पदार्थ से,’वन गरेका थिए ।

त्यसपछि सुत्ने क्रममा मृतकको हात बाँ,’धेर घाँटीमा डोरीले कसी ह,’त्या गरेका थिए । ह,’त्या गरिसकेपछि मृ,’तकको कानमा लगाएको गहना र मोबाइल समेत लु,’टेर फरार भएका थिए ।