लमजुङमा ७० वर्षीय वृद्ध पक्राउ, कारण थाहा पाउँदा सबै हैरान

काठमाडौं । लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । लमजुङमा विभिन्न प्रकारका पटकासहित एक जनालाई पक्राउ गरिएको हो ।लमजुङ बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने वृद्धलाई पक्राउ गरिएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–७ का ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।बानियाँको किराना पसलमा विष्फोटकजन्य वस्तु विक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस –महानगरीय अपराध महाशाखाले मानिसले पासो लगाएर म,’रेको डोरी महंगोमा विक्री हुन्छ भन्दै महिलाको ह,’त्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भई हाल ललितपुर–२८, हरीसिद्धि बस्ने २० बर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई ललितपुरकै हरिसिद्धि, नयाँबस्ती बस्ने २३ बर्षीय सबिन प्रजा र उनकी श्रीमती १८ बर्षिया प्रविना प्रजा माझी रहेका छन्।

गत भदौं २५ गते बिहान ललितपुर–२७ सुनकोठीमा नुवाकोट बेलकोट गढीकी ४५ बर्षीय कमला तामाङको डोरीले घाँ,’टी क,’सेर ह,’त्या भएको थियो । सोही घटनाको सम्बन्धमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा पहिला सुमन पक्राउ भएपछि उनको बयानका आधारमा प्रजा दम्पती पनि पक्राउ परेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी म,’रेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गालगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेका थिए ।

सोही अ,’न्धविश्वासमा परेर त्यस्तो डोरी ल्याएर करोडौं कमाउने उद्देश्यले उनीहरुले कमलाको ह,’त्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। तामाङलाई भदौं २४ गते साँझ हात बाँ,’धेर घाँ,’टीमा डो,’रीले क,’सेर ह,’त्या गरेको र ह,’त्यापश्चात मृ,’तकको कानमा लगाएको

गहना र मोबाइल समेत बोकेर फ,’रार रहेको महाशाखाले जनाएको छ ।उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।