चंगा उडाउँदै अमेरिकी राजदूतले दिए नेपाली भाषामा दशैँको शुभकामना

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैँका अवसरमा शुभकामना दिएका छन् ।याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् ।

ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

यो पनि पढ्नुहोस –पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् ।विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् ।

मंगलबार दसैंको अवसरमा जारी शुभकामना सन्देशमा शाहले राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको जनाएका हुन्। पूर्वराजाले भने, ‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो।

तर राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गुटमा अल्झिएको छ। कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी महँगी र अनेक अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’

उनले भने, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौं।’प्रजातान्त्रिक, प्रगतिशील या अन्य

जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास आफूले दिएको उनले सन्देशमा उल्लेख गरेका छन्। नवदुर्गा भवानीले देशमा राष्ट्रिय कर्तव्य निर्वाह गर्नसक्ने सामर्थ प्रदान गरुन् भन्ने कामना पूर्व राजा शाहको छ।