रघुवीर महासेठ र जुलीलाई कुनैबेला थुनाइ दिनसक्छौँ : नेता यादव

जनकपुरधाम : नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले केपी ओली नेतृत्वको यसअघिको सरकारले गाउँ–गाउँमा मुद्दा लगाउने काम गरेको बताएका छन् ।

धनुषाको महेन्द्रनगरमा विजयदशीको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता यादवले काँग्रेस नेतृत्वको सरकार आउनुअघि एसपी र सिडियो सरकारकै इशारामा चलेको दावी गरे ।ओली नेतृत्वको सरकार हुँदा पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रघुवीर महासेठ र जुली महासेठको डरले एसपी र सिडियो का’प्ने गरेको उनले बताए ।

‘जुली महतोको फोनले एसपी र सिडियो पुरपुर हुथ्यो । एकैपटकमा फोन उठाउँथे । हामी परेशान भयौँ,’ पुर्वमन्त्री समेत रहेका नेता यादवले भने, ‘अहिले काँग्रैसको गृहमन्त्री छन् । चाहेभने रघुवीर महासेठ र जुली महासेठलाई मुद्दा लगाएर थुनाइदिन सक्छौँ । एमालेबालाहरुले सानतिनो जु’लुस निकाली रहन्छन् तर केही हुन्न ।’

यद्दपी आफुहरुले पञ्चायती व्यवस्था जसरी त्यस्तो काम नगर्ने उनले बताए ।काँग्रेसको पावरकै कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाध्य भएर राम सरोज यादवलाई भौतिक पुर्वाधार मन्त्री बनाएको उनले दावी गरे ।काँग्रेस बिना देश चल्ने नसक्ने नेता यादवको भनाई थियो ।