बुटवलबाट तम्घास आउँदै गरेको जिप दु’र्घटना, ३ जनाको मृ’त्यु, अन्य घा’इते

गुल्मी । बुटवलबाट तम्घास आउँदै गरेको जिप दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको छ । बिहीवार बुटवलबाट तम्घास तर्फ आउंदै गरेको जिप बिहीवार राती ११ बजे सडक खण्डको रेसुङ्गा नगरपालिका १० स्थित छहरामा दु’र्घटना हुँदा ३ जनाको मृ’त्‍यु भएको हो ।

बुटवलबाट तम्घास तर्फ आउँदै गरेको लु.१.ज ४४९० नम्बरको जिप सडक देखी ५ सय मिटर तल ख’स्दा ३ जनाको मृ’त्‍यु भएको हो भने ६ जना घा’ईते भएका हुन् ।दु’र्घटनामा मृत्‍’यु हुनेहरुमा ७० बर्षिय क्षेत्र बहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ बर्षिया संगिता सुनार रहेका छन् ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा मुसिकोट न.पा २ बस्ने २६ बर्षिय कमल थापा, सोही स्थानका ४३ बर्षिया खिमा थापा, ३८ बर्षिया खिमा थापा, ३६ बर्षिय राजु थापा र मुसिकोट न.पा ३ नेटा बस्ने ४७ बर्षिया सुमित्रा सुनार र चितवन भरतपुर स्थित ५० बर्षिया राधा के.सी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृ’तक ३ जनाको उपचारको क्रममा मृ’त्‍यु भएको जनाईएको छ । दु’र्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईको क’माण्डमा २० जना प्रहरी, सशत्र प्रहरीबल उर्लेनी गु’ल्मबाट सहायक प्रहरी नायब उपरिक्षक ध्रुब भुषालको क’माण्डमा

१० जना र संग्राम सा’र्दुल गु’ल्म धागिथुमबाट उपसेनानी हिक्मत बहादुर चन्दको क’माण्डमा १२ जनाको टोली उ’द्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।दु’र्घटनास्थल तम्घास स्थित जिल्ला प्रहरी कार्यालयबाट ५ किलोमिटरको दुरिमा छ ।