भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यसैगरी साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई सरकारले पुरस्कार गर्ने निर्णय गरेको छ ।

सरकारले जनही ५ लाख रुपैयाँ राष्ट्रिय टोलीका खेलाडीलाई र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ, मन्त्री कार्कीले भन्नुभयो । उपविजेता बनेको नेपालले २५ हजार डलर त पुरस्कार नै जितेको छ ।

यसैगरी सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ अब प्रक्रिया अघि बढ्छ ।