काठमाडौं आउँदै गरेको ग्याँस ट्यांकर थानकोटमा दु’र्घटना, सयौं सवारीसाधन…

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दु’र्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् ।धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

आज राती भएको उक्त दु’र्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।

यो पनि पढ्नुहोस –हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा भइरहेको छ। उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम,

कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १,

बागमती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। बुधबारसम्म नै निरन्तर ठूलो पानी पर्ने विभागको भनाइ छ।

बिहीबारदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १मा रातिदेखि नै पानी परिरहेको हो। लगाताको वर्षासँगै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढीसमेत आएको छ।

डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको सतह नै पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीमा पनि पानीको सहत उच्च रहेको छ।