सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर चारपटक भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए । त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

विनाशकारी गोरखा भूकम्पपछि सिन्धुपाल्चोकमा नै ठूलो पराकम्प गएको थियो । जसका कारण त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । पछिल्ला भूकम्पका क्षतिको विवरण प्राप्त भएका छैनन् ।अहिलेपनि कम्पन नरोकिएकाले नेपाल भूकम्पको उच्च जोखिममा छ भन्ने प्रमाण हो । सबै सचेत रहेर बस्न अपिल गरिएको छ ।

यो पनि पढ्नुहोस –हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा भइरहेको छ। उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम,

कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १,

बागमती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। बुधबारसम्म नै निरन्तर ठूलो पानी पर्ने विभागको भनाइ छ।

बिहीबारदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १मा रातिदेखि नै पानी परिरहेको हो। लगाताको वर्षासँगै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढीसमेत आएको छ।

डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको सतह नै पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीमा पनि पानीको सहत उच्च रहेको छ।