१५ जना यात्रु बोकेर बेनिघाट जाँदै गरेको बोलेरो जीप दु’र्घटना

गोरखा– गण्डकी गाउँपालिका–७ मा बोलेरो जीप दु’र्घटना भएको छ। दर्बुङबाट बेनिघाट जाँदै गरेको ना४च ७७३८ नम्बरको बोलेरो जीप दु’र्घटना भएको हो। राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यतु आयोजनाको सुरुङमार्ग खनिरहेको नजिकै बोलेरो दु’र्घटना भएको प्रत्यक्षदर्शी नवराज रेग्मीले जानकारी दिए।

‘चालकको भनाइ अनुसार बोलेरो ब्रेक फेल भएर प’ल्टेको हो,’ रेग्मीले भने। दु’र्घटनामा ३ जना सख्त घा’इते भएका छन्। नजिकैको चौ’कीबाट पुगेका प्रहरीहरुको समन्वयमा घा’इतेहरुको उघार गरेर एम्बुलेन्स बोलाएर अस्पताल पठाइएको रेग्मीले बताए।

त्यस्तै दु’र्घटनामा अन्य ५ जना सामान्य घा’इते भएका छन्। उक्त बोलेरो गण्डकी गाउँपालिका–४ ढाबेका राजु थापाको हो। प्रहरीका अनुसार बोलेरोमा १२/१५ जना यात्रु थिए। बोलेरो दु’र्घटना भएको स्थान माझिटार कुनागाउँ हो। त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दु’र्घटना भएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दु’र्घटना भएको हो । दु’र्घटनामा मानवीय क्षति भने भएको छैन ।ट्रक दु’र्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए ।

ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई ह’टाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए ।

‘सुरुमा पैदल हिंडेर पनि वारिपारी गर्न सकिने अवस्था थिएन । अहिले भने सडक खुलेपछि अवस्था सामान्य छ,’ उनले भने । रातिको बेला दु’र्घटना भएकाले गाडीहरुको चाप नभएको उनले बताए ।