आर्यनको ‘मौलिक अधिकार’ हनन भएको भन्दै शिवसेनाका नेताद्वारा ए’नसीबीविरुद्ध मुद्दा

२ कार्तिक २०७८, मंगलवार मुम्बई । शिवसेनाका एक शीर्ष नेताले ना’र्कोटिक्स क’न्ट्रोल ब्युरो (एनसीबी)विरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

राज्यमन्त्रीको दर्जा प्राप्त किशोर तिवारीले मुख्य न्यायाधीशसँग बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुद्दामा राम्रोसँग छानबिन गराउन माग गरेका हुन् ।उनले आर्यन खानको ‘मौलिक अधिकारहरू’को हनन भएको भन्दै उक्त मुद्दामा राम्रोसँग जाँच गर्न माग गरेका हुन् ।

एनसीबीले पछिल्लो दुई वर्षदेखि दुर्भावना र पक्षपातपूर्ण तरिकाले फिल्मी हस्तीहरू, मोडल र सेलिब्रिटीहरूलाई अनावश्यक तनाव दिएको आरोप तिवारीले लगाएका छन् ।उनको निवेदनमा आर्यन खान र अरू आरोपितहरूको जमानत निवेदनमा सार्वजनिक अवकाशको नाम दिएर अक्टोबर २० सम्म रोकेको,

एनसीबीले आरोपितहरूलाई अपमान गरेको र अलोकतान्त्रिक रूपमा १७ दिनसम्म जे’लमा राखेकोलगायत विषय उल्लेख गरिएको छ ।उनले एनसीबी र मुम्बईका क्षेत्रीय निर्देशक समीर वानखेडेमाथि पनि प्रश्न उठाएका छन् । नवभारत टाइम्सबाट ।