टिकटकमा झिल्के चस्मा मागेर भाइरल भएका पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन

काठमाडौं । फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन हुनुभएको छ ।

पूर्व वाम-विश्लेषक समेत रहनुभएका गौतमले औपचारिक राजनीतिमा फड्को मार्नुभएको हो । गौतमले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन हुनुभएको जानकारी गराउनुभएको हो । गौतमले आफूलाई

केन्द्रीय कमिटिमा मनोनयन गर्नुभएकोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिनुभएको छ । आफ्नो फेसबुक स्टाटसमा गौतमले लेख्नुभएको छ–‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु ।

’फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गौतम निकै चर्चामा हुनुहुन्छ । तत्कालिन समयमा उहाँ नेकपा एमाले निकट हुनुहुन्थ्यो । कानून व्यवसायी समेत रहिसक्नुभएका गौतम प्रखर राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन् ।