बाढीले सडक डुबाएपछि पकाउने भाँडामा चढेर विवाह गर्न गए स्वास्थ्यकर्मी जोडी

नयाँ दिल्ली । भारतमा बेहुला बेहुलीको एक जोडी आफ्नो विहेमा अनौठोगरी पुगेको छ । बाढीका कारण सडकभरि डुबान भएपनि उनीहरु ठुल्ठुला पकाउने भाँडामा बसेर, तैरिँदै विवाह गर्न पुगेका हुन् ।

यसको फुटेज यतिबेला सामाजिक संजालमा अत्याधिक शेयर गरिएको छ । यसमा पानीले डुबेको सडकको बीचौँबीच भाँडामा तैरिएर फोटोग्राफरसँग भइरहेको देखिएको छ । उनीहरुले सो भाँडा स्थानीय मन्दिरबाट माँगेर लिएको बताइएको छ । यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् ।

अकस्मातको भारी वर्षाले निम्त्याएको बाढी पहिरोमा परि अहिलेसम्म केरलामा २७ जनाले ज्यान गुमाइसकेका छन् । र सो जोडी कुनैपनि अवस्थामा आफ्नो सबैभन्दा ठूलो दिन स्थगित गर्न नचाहेकाले अनौठो उपाय लगाएर भएर पनि विवाहमा पुगेर समारोह पूरा गरेका हुन् ।

भिडियोमा बेहुला र बेहुली भाँडामा तैरँदै नभिजि विवाहको स्थलमा पुगेको देख्न सकिन्छ । बेहुलीले स्थानीय न्युज च्यानल एसियानेटसँग भनेकी छन्, “यस किसिमले विवाह गर्नेछौँ भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । ” यसरी कठिन मौसमका वावजुद उनीहरुले विवाह जारी राखेका हुन् ।

भिडियोमा एक व्यक्तिले कारबो सट्टा बरु जहाज बुक गरेको भए हुने रहेछ भनिरहेको पनि सुन्न सकिन्छ । दुलही ऐसोर्या र दुलाहा आकाश दुवै चेंगानुर अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने बताइएको छ ।