नेपाललाई बिश्वमाझ चिनाउँदै बलिउड अभिनेत्री परिणिती चोपडा

चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालको हिमाली क्षेत्रमा रहेकी बलिउड अभिनेत्री परिणिती चोपडा कामसँगै फुटबल तथा नेपालको प्राकृतिक सुन्दरतासँग पनि रमाइरहेकी छिन् ।

सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनमा रहेकी उनले कामबाट केही समय फुर्सद निकालेर फुटबलमा रमाइरहेको भिडियो अहिले ट्विटरमा रुचाइरहेको छ ।छायांकन टिमले नेपालको लुक्ला, नाम्चेबजार लगायत क्षेत्रमा फिल्म सुटिङ गरिरहेको छ ।

उनको यही भिडियोलाई ट्वि’ट गर्दै भारतीय मिडिया फिल्म फेयरले लेखेको छ, “हरेक कलाकार यस्तो प्रोजेक्टको खोजीमा हुन्छन्, जसमा कामलाई मात्र सबै नमानियोस् ।हामी भन्न सक्छौँ, परिणितीको नयाँ प्रोजेक्ट त्यस्तै हो, जसले उनलाई कामको समयमा पनि समुन्द्र सतहभन्दा ११ हजार फिटमाथि सडकमा बसेर फुटबल खेल्ने मौका दिइरहेको छ ।”

फिल्मफेयरको यो भनाइमा अभिनेत्री चोपडाले पनि सहमति जनाएकी छिन्। फिल्मफेयरको ट्विटलाई रिट्विट गर्दै परिणिती भन्छिन्, “यो भन्दा राम्रो म आफैँ भन्न सक्दिँन थिएँ।” बलिउड सिनेमा ‘उचाइ’ सुटिङका लागि परिणीति, अनुपम खेर र बोमन इरानी अहिले नेपालमा छन्।

काठमाडौंमा केही समय बिताएर उनीहरू गत बुधबार असोज २० गते लुक्ला प्रस्थान गरेका छन्। त्यस्तै उनले नेपालको हिमाली भेगमा खिचिएका तस्विरहरु पनि शेयर गरिरहेकी छिन् । जस्ले गर्दा नेपाल बिश्वमा चिनिरहेको छ ।