बाढीपहिरोमा परी ७७ को मृ’त्यु, २२ घा’इते अनि २७ जना बेपत्ता

काठमाडौं । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज (बुधबार) साँझसम्म ७७ जनाको मृ’त्यु भएको छ । आज मात्रै ५० भन्दा बढीको मृ’त्यु भएको जनाइएको छ ।

गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कुल २२ जना घा’इते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृ’त्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृ’त्यु भएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृ’त्यु भएको छ ।

उनका अनुसार बाढीपहिरोमा परेर बझाङमा सबैभन्दा बढी २१ जना ह’राइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ ।

सरकारले बाढी पहिराबाट मृ’त्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको नि’धन भएमा भने रु तीन लाख दिइनेछ ।आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल रु १५ हजार दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार दिइने र घा’इतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।