इन्सपेक्टर कृष्ण पौडेलविरुद्ध हेलो सरकारमा उजुरी, तस्करी गराएको आरोपमा छानबिन सुरु

काठमाडौं । पर्साको भिष्वा (बन्जारि ) स्थित बोर्डर आउट पोस्टका इन्सपेक्टर कृष्ण पौडेलले सेटिङमा तस्करी गराएको खुलेपछि छानबिन सुरु भएको थियो । उनीविरुद्ध हेलो सरकारमा उजुरी परेपछि छानबिन सुरु भएको हो ।

उनीमाथि छानबिन गर्न २ नम्बरस्थित बाहिनीले छानबिन थालेको हो । करिब दुई महिना अघि सशस्त्र प्रहरि बलको दुई नम्बर बा’हिनिका बा’हिनिपति डिआइजि चन्द्र प्रकाश गौतमको निगाहमा पौडेल सो बिओपि जान सफल भएका थिए । सरुवा भएको सुरुदेखिनै सिमा इलाकाबाट तस्करी गराएको श्रोत बताउंछ ।

‘पटक पटक मौखिक उजुरि परेको थियो अब लिखितनै परे पछि उनि माथि ग’म्भिर छानबिन हुन्छ’ बा’हिनी स्रोतले भन्यो ।उनका बिषयमा ग’म्भिर भएर छानबिन गर्न मुख्यालय स्थित प्रशासन बिभागले दुई नम्बर बा’हिनिलाइ आदेश दिए पछि बा’हिनिका डिएसपीको क’माण्डमा छनबिन समिति बनाएको छ ।

सामान्यतया एउटा युनिट क’माण्ड गरे पछि छ महिना सम्म अर्को क’माण्ड नदिने नीति भए पनि पौडेलको हकमा त्यो नीति लागु भएन । बिओपि भिष्वा जानु अघि बाराको जितपुरमा सुरक्षा बेश क’माण्डर थिए । त्यहाँ हुंदा राशनमा ब’दमासी गरेको र आफ्नै कर्मचारिमाथि ज्या’दती गरेको आरोप उनलाइ लागेको थियो ।

त्यस्ता अधिकृतलाई फेरि अर्काे बिओपीको जिम्मा दिइएकोमा सशस्त्रभित्रै आश्चर्य मानिएको थियो ।दशैंको मौका छोपेर ब्यापक तस्करी गराएका उनले करिब ३० जना कार्यरत बिओपीबाट दशैंको नाममा अधिक बिदा छोड्दा जम्मा आधा दर्जन मात्र कर्मचारी युनिटमा थिए ।

सामान्य फौ’जी आचरण समेत नभएका पौडेलमाथि हालका बा’हिनिपति डिआइजि गणेश ठाडा मगरले क’डा कारबाही गर्न लागेको स्रोत बताउँछ ।दृष्टि न्युज