खानेपानी कार्यालयका प्रमुखलाई अर्धन’ग्न बनाएर बजार परिक्रममा

जनकपुर – खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दु’व्र्यवहार गरेका छन् ।

कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धन’ग्न बनाई बजार परिक्रममा गरेका छन् ।धेरै बर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुखलाई कु’टपिट गर्दै नगर घुमाएका छन्।

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कु’टपिट गर्दै नगर परिक्रमा गराएका हुन्। जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा ला’ठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई ज’बरजस्ती कार्यालयबाट बाहिर निकालेर कु’टपिट गर्दै नगर परिक्रमा गराएका थिए।

उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अ’र्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कु’टपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।

जनमत पार्टीले खानेपानीमा ज्ञापन पत्र बुझाउँदै ढल निकासको उचीत व्यवस्थापनको लागि बारम्बार अपिल गरेको थियो । त्यसपछि जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा ता’लाबन्दी समेत गरेको थियो । यतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले

जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग च’र्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको छ । जनमत पार्टीको यो अवतारलाई समाजिक सँजालमा समर्थन पनि गरिएको छ भने वि’रोध समेत जनाइएको छ ।

एक सरकारी कर्मचारीलाई यो तवरले व्य’वहार गर्नु उचीत नरहेको भन्दै वि’रोध गरिएको छ । यता, सोही समाजिक सँजालमा यस्ता कर्मचारीलाई यस्तै गरे मात्र भ्रष्टाचार न्यून हुने भन्दै जनमत पार्टीको समर्थनमा पनि युवाहरु उत्रेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले गरेको भौतिक ज’नकारवाहीलाई समर्थन पनि उत्तिकै गरिएको छ ।