खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कु’टपिट गरेको आरोपमा १५ जनालाई पक्राउ

विहिबार दिउँसो जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कु’टपिट गरी दु’र्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १५ जनालाई पक्राउ गरेको छ ।

निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कु’टपिट गरी दु’र्व्यवहार गर्ने पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि सुरुमा १० जनालाई पक्राउ गएिकोमा पुनः ५ जना गरी १५ जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

डा. राउतका कार्यकर्तालाई पक्राउ गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी अहिले प्र’दर्शन गरिरहेका छन् । जनमत पार्टीका विजय यादव सहित पक्राउ परेका अन्य सदस्यहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै डा. राउतका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अगाडी चर्को नारा’वाजी गरिरहेका छन् ।

निमित्त प्रमुख कुश्वाहालाई विहिबार दिउँसो उनकै कार्यालयबाट बाहिर नि’कालेर कु’टपिट गर्दै हिलो पो’तेर बजार घुमाएपछि चर्को आ’लोचना भएको थियो । सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।