पूर्वप्रधानमन्त्री ओलीको कुरा सुन्दा करिश्मालाई आनन्द

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् ।

त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन् ।उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

ुविविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवादु करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् ।

यो पनि पढ्नुहोस –नायिका करिश्मा मानन्धरसँगै बुधबार हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पनि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटपछि कलाकार नेपाल अब आफूहरूका बारे कस्ता–कस्ता समाचार बन्ने हुन् भनेर चिन्तामा परेका छन्।

र, भेटको ‘वास्तविकता’बारे स्पष्टीकरण दिएका छन्। ‘अब यो फोटोले कस्ता–कस्ता समचार बन्ने हो, टिकाटिप्पणी हुने हुन् थाहा छैन’, कलाकार नेपालले भनेका छन्, ‘तर खास कुराचाहिँ यत्ति हो कि एक वरिष्ठ नायिकाले आफ्नो पढाइलाई निरन्तरता दिई परीक्षा दिँदै गर्दाको अवस्थामा हौसला र बधाई दिनका लागि सम्माननीय पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्षज्यूले फोन गर्नुभएको थियो, जसको साक्षी स्वयमं म पनि थिएँ।

त्यो कुरा करिश्मा दिदीले आफ्नो फेसबुकमा लेख्दा उक्त कुराले ठूलै चर्चा पाएको थियो।’ कलाकार नेपालले अगाडि भनेका छन्, ‘आज (बुधबार) आदरणीय माननीय कोमल वली दिदीसहित पूर्वप्रम तथा एमालेका अध्यक्षज्यूको निवास बालकोटमा भेटघाट र प्रत्यक्ष गफगाफ भयो।

आफूलाई भेट्न आउने जो कोहीलाई पनि ससम्मान आदरपूर्वक खुलेर कुरा गर्ने र महत्त्व दिने पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्ष आदरणीय केपी ओलीज्यूको व्यवहारबाट प्रभावित भएँ। नेपाली कलाकार, गीत, संगीत र श्रष्टाप्रति सधैं माया, सद्भाव, चासो र जानकारी राख्नुहुने पूर्वप्रमज्यूलाई मनैदेखि हार्दिक नमन।’