ब्राजिलका राष्ट्रपतिविरुद्ध ह,’त्या मुद्दा चलाउन संसदमा सिफारिस

काठमाडौं। ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोमाथि कोरोनाको गलत व्यवस्थापन गरेकोमा मानव ह,’त्यासहित अन्य १३ आरोप लगाउँदै उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

रोयटर्सको रिपोर्टअनुसार यो सिफारिस को’रोना महामारी नियन्त्रणका तरिकाहरुको जाँच गर्न गठित संसदीय दलको नेतृत्वकर्ता सिनेटर रेनान क्यालहेरोसले गरेका हुन् ।रेनानले तयार गरेको करिब १२०० पानाको दस्तावेजमा बोल्सेनारोले सरकारको लागि खोप प्राप्त गर्ने सुरुवाती अवसरहरुलाई अस्वीकार गरेको आरोप लगाइएको छ ।

राष्ट्रपतिले प्राप्त अवसरको सदुपयोग नगर्दा ब्राजिलमा खोप अभियानमा ढिलाइ भएको र यसका कारण अनुमानित रुपमा ९५ हजार जनाको ज्यान गएको दस्तावेजमा आरोप लगाइएको छ ।रिपोर्टमा राष्ट्रपति बोल्सेनारोका तीन छोराहरु सिनेटर फ्लेभियो, फेडरल डेप्युटी एडुआर्डो र नगर

पार्षद कार्लोसवि,’रुद्ध पनि गलत सूचना फैलाएको अभियोगमा मुद्दा दर्ता गर्न सिफारिस गरिएको छ । ड्राफ्ट रिपोर्टमाथि सिनेटमा अर्को हप्ता मतदान हुनेछ ।यसलाई भिटो गर्न सकिनेछ वा बदल्न पनि सकिनेछ । राष्ट्रपतिले भने यसलाई राजनीतिबाट प्रेरित भनेका छन् ।