आठ भाइका एक्ली बहिनी सँगीता, ‘बाँच्नका लागि संगिताले समाएको औंला अझै दुख्दै छ’

गुल्मी । ‘बुटवलबाट तम्घास आइपुगियो, भनेपछि छोरीले ड्राइभरलाई तम्घासको मेरो कोठा नजिकै गाडी रोकी दिनुस् है । आमाको औ’षधी छ, लगेर घरमा जानु पर्छ भनेर भनिन् ।

कोखैमा बसेकी जुनाले तम्घासको पसलेलाई फोन गरेर पसलको सामान निकाल्न लगाउँदै थिइन् । रातको समय अफ्ठ्यारोबाट बाँचेर आइयो भनेर सुखको सास फेर्दै थियौं । तर तम्घासको मुखैमा पाँचराते भन्ने ठाउँमा आइपुग्दा एक्कासी भिरमा जिप पल्टियो ।

दुई चार भल्र्याङ्ग खाने बेलासम्म छोरीले मेरा हात समाउँदै कति बेला म माथी उनी र कति बेला उनी माथी म च्याँ’पिदै थियौं ।छोरीले मेरो हात समातेको समातै थिइन् । तल अन्तिम भर्लाङ्ग खाने बेलासम्म छोरीले यी मेरा औलाहरु अठ्याई राखेकी थिइन् ।

मैले कान्छि भनेर बोलाए पछि हुँ… भन्ने जवाफ दिइन । केहि बेरपछि मान्छेहरु आएर उठाए । माथी बाटोमा लगेर पनि मैले छोरीको गाल सुम्सुमाउँदै बोलाएँ । हुम्… भन्ने आवाज निकाल्दै थिइन् , त्यसपछि मैले केहि थाह पाइन ।’असोज २८ गते नवरात्रीको

राती करिव साढे १० बजेको समयमा गुल्मीको सदरमुकाम तम्घास नजिकै पाँचराते भन्ने स्थानमा जिप दु’र्घटनामा परी १९ वर्षीया छोरी संगिता सुनारलाई गुमाएकी आमा सुमित्रा सुनारको विलौना थियो त्यो । उनीहरुको घर जिल्ला कै मुसिकोट नगरपालिका–३ चुँदरीगाउँ हो ।‘तम्घास तिरबाट एउटा बस आयो, हाम्रो गाडी बिस्तारै आउँदै थियो ।

हामीले साइड दिएपछि बस अगाडी बढ्यो । त्यसपछि हामी विस्तारै अगाडी बढिरहेको बेला एक्कासी तल खस्यौं ।मैले गाडीको सिट तलको फलाम समातिरहें । दुई भल्र्याङ्ग खाने बेलासम्म म तल खसे त्यस पछि शकुशल बाहिर निस्के मलाई केहि भएन ।’ घटनाको बेलिबिस्तार सुनाउँदै उनले भनिन् ।

दशैंमा यसरी निम्तियो दशा-दशै भित्रिए लगत्तै घर–घरमा लिपपोत र सरसफाई सुरु भएको थियो । खानपिनको दृष्टिले फुलपातीको दिनदेखि नै त्यस चुँदरीगाउँमा खास दशैं भित्रिएको थियो । किन कि फुलपातीको दिननै त्यस गाउँमा मासु का’टिएको थियो ।

सोही दिन राती खानपिन गरेर सुतेका त्यो गाउँमा मध्ये रातमा संगिताका बाबु मानबहादुर सुनार सि’कीस्त बि’रामी परेपछि भने दशैं पर्व धोरोमोर जस्तै बन्दै थियो ।तर अर्को दिन उनको स्वास्थ्य अवस्था ठिक भएको खबर आए लगत्तै गाउँमा पुनः दशैं फर्कियो । नवमीको दिन दिउँसो फेरी मासु का’टियो । दिनैभर रमाईलो गरे दाजु भाईहरुले ।

साँझ पनि ओल्लो पल्लो घर जुटेर खानपिनमा रमाउन थाले । कोही नाच्न गाउन थाले ।संगिताहरु पनि घर आउँदै छन रे’ भनेपछि थप खुशीयाली छायो । कतिपय परिवारले भोली पकाउँला मासु भनेर न’काटी राखेका थिए । कसैले मासुका विभिन्न परिकार बनाएर राख्दै थिए । कोही खानपिन गरि मिठो निद्रा र भोलीको पर्खाईमा थिए भने कसैैले दशैं हो, किन सुत्ने चाँडै ? भन्दै रमाईलो मै थिए ।

रातको त्यस्तै साढे १२ बजेतिर फोन आउँछ । त्यस लगत्तै दशैं दशामा परिणत हुन्छ । रुवावासी गर्दै जलजले र चुँदरीगाउँवासी तम्घासतिर श’व बुझ्न आउँछन् ।अन्ततः टिकाका लागि उमारिएका जमरा उखेल्न बाध्य हुन्छन् । दुर्भाग्यः दशैं मान्नका लागि सजाईएको संगिता लगायतका एउटै टोलका ३ जना मृ’तक परिवारको घर काज कि’रियाको कुनोमा परिणत हुन पुग्छ ।

आठ भाइका एक्ली बहिनी थिइन सँगीता-फुलपातीको राती एक्कासी बुवा मानबहादुर सि’किस्त बि’रामी परेपछि सँगीताले बुवालाई तम्घास जिल्ला अस्पतालमा ल्याइन् । अस्पतालले त्यहाबाट रिफर गरेपछि आमासहित उनी बुवालाई लिएर पाल्पा हुँदै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालसम्म आएकी थिइन् ।

नवमीको दिन बाबुलाई वि’मार निको भएपछि सोही अस्पतालमा बाबुलाई छाडेर आमा छोरी दिउँसो करिब ४ बजे त्यहाँबाट हिडेका थिए ।उनकै गाउँका जिप चालक कमल थापा नवलपरासीको बर्दघाटमा रहेका दाजु भाईको मृ’त्यु कार्यमा मानो मिसाउन आएका थिए । छिमेकीले नै चलाउने जिप पाएपछि उनीहरुलाई घर फर्किन पनि सजिलो हुने भयो ।

छिमेकी जिप चालक थापाकै प्रतिक्षामा उनीहरुले सिद्धबाबा मन्दिरको अबलोकन गर्दै बसे । सिद्धबाबामा संगीताले साथीहरुसँग दुई÷चार थान सेल्फि पनि खिच्न भ्याइन् । सिद्धबाबाको दर्शन गर्दागर्दै उनीहरुले पर्खिएको जीप पनि आइपुग्यो । त्यसपछि उनीहरु गुल्मी घरतिर लागे । संगीताले सिद्धबाबा मन्दिरमा लिएको सेल्फि नै अन्तिम सेल्फि बन्न पुग्यो ।

उनकी आमा भन्छिन्–‘मोरो परेर उठेको चामल शिद्धबाबा मन्दिरमा छाडे पछि आज केहि न केही हुन्छ भनेर मेरो मन ड’राई रहेको थियो । तर तम्घास नजिकै आई पुगेपछि अब बाँ’चियो भन्ने मनमा लागेकै बेला त्यस्तो भयो ।संगीताका बुवा मानबहादुर सुनार अहिले पनि बेला बेलामा अर्ध अ’चेत हुने र भक्कानो छाड्न रोकिएका छैनन् ।

सुनार दम्पत्तीका ८ भाई छोराहरुकी संगिता एक मात्र छोरी थिइन् । तम्घासको शिद्धबाबा माध्यामिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर बसेकी उनी दशैं मान्न घर गएकी थिईन ।आठ भाई छोराकी एक मात्र छोरी भएकोले मानबहादुरले मजदुरी गरेरै छोरीलाई ब्याचलर पढाएर मात्र विवाह गराई दिने सपना साँचेका थिए ।

यता बाबुलाई खर्च बोझ नगराउने उद्देश्य साँचेर संगिताले तम्घास कै एक पसलमा काम गरेर खर्च चलाउँदै आएकी थिईन् । केहि दिन अघि मात्र छोरीले बाबा म अब विदेश जान्छु र हजुरहरुलाई सुख दिन्छु छोरीले भनेको कुरा मानबहादुरको मनमा पटक–पटक विझ्ने गरेको छ ।गाउँकै जनजागृति माविमा एसईई परिक्षा दिएर संगिता तम्घासमा पढ्न आएकी थिईन् ।

सधै हंशमुख र मिजासीलो स्वभावकी संगितालाई सम्झेर नरुने मान्छे छैन त्यस भेगमा सायदै होलान । उनी टिकटकमा पनि खुब देखिन्थीन् । उता छिमेकी जलजले गाउँका ७० बर्षीया होनाहार समाजसेवी क्षेत्रबहादुर थापा, उनकै छिमेकी ४६ बर्षीया राधिका थापाको पनि घटना स्थल मै ज्यान जाँदा सिङ्गो गाउँ शो’काकुल बनेको छ ।

डाईभरलाई ज्यानको भन्दा ऋणको पी’डाजलजले गाउँका कमल थापा विपन्न परिवारका सदस्य हुन् । लामो समयदेखि उनले चलकको रुपमा काम गर्दै आएका छन् । त्यस पछि गाउँमा ऋण का’ढ्दै र जग्गाको लालपुर्जा बैंकहरुमा राख्दै उनले ९ महिना अघि मात्र मुसिकोट कालिरहका महेन्द्र जिसीसंग उक्त दिन दु’र्घटनामा परेको लु १ ज ४४९० नम्बरको जिप किनेका थिए ।

तिन दिन अघि गुल्मी यातायात ब्यवसायी संघ कार्य समिति सदस्यको हैसियतले मृ’तकका परिवारलाई जनही ५० हजारका दरले कि’रिया खर्च पुराउन पुगेका उनै जिसी भन्दै थिए–‘बिचरा कमललाई अँस्ती भेट्दा आफ्नो ज्यानको भन्दा गाडी किनेको ऋणको पीडा बढि देखिन्थ्यो । दाई अब मैले यो ऋण कसरी तिर्ने होला भन्दै भ’क्कानो छाड्ेर रोयो ।’

शोकाकुल गाउँमा जनप्रतिनिधी फर्केनन्-मृ’तक र घा’ईते परिवारले मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरु शोकको बेलामा पनि जनप्रतिनिधीहरु सहानुभूति प्रकट गर्न नआएको गुनासो गरे । घटनाको आठौं दिनसम्म पनि जनप्रतिनिधिहरुले चासो नदिएको उनीहरुको पी’डितहरुको गुनासो छ ।

‘वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीले जलजलेका पी’डित परिवारकोमा आएर सहानुभूति दिए पनि अन्यको हालसम्म आगमन भएको छैन ।’ स्थानीय एक व्यक्तिले भने ।प्रेम सुनार