वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह सक्रिय

ह’नी ट्रयाप भन्नेबित्तिकै हामी परिबन्दमा पारेर ठगी र शोषण गर्ने महिलालाई सम्झन्छौँ । कुनै पुरुषलाई फसाएर यौ’न क्रियाकलापमा संलग्न गराउने र अन्त्यमा पैसाका लागि ब्ल्याकमेल गर्ने प्रवृत्तिलाई प्रायः ‘ह’नी ट्रयाप’ भन्ने गरिन्छ ।

र, यसमा अक्सर महिलालाई नै दोषी देखाउने गरिन्छ । तर, महिलाअधिकारकर्मीहरुको विश्लेषणमा ‘ह’नी ट्रयापिङ’ मा महिला मात्र होइन, पुरुषहरु पनि उत्तिकै दोषी छन् ।पछिल्लो समय नेपालमा हनी ट्रयापका घटना बढ्न थालेका छन् । प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् ।

सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको भए पनि हनी ट्रयापबाट महिला पनि उत्तिकै पी’डित भएको महिला अधिकारकर्मीको भनाइ छ ।अधिवक्ता एवं महिला अधिकारकर्मी मोहना अन्सारी महिलाले गर्ने ह’नी ट्रयाप वा पुरुषले गर्ने ह’नी ट्रयाप दुबै आ’पराधिक कार्य भएको बताउँछिन् । तर, हनी ट्रयाप भन्नेबित्तिकै महिलालाई मात्रै दो’षी देख्ने परिपाटी भने गलत भएको उनी बताउँछिन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वआयुक्त अन्सारी भन्छिन्, ‘हनी ट्रयाप भनेपछि हामी महिलाले ठगी गरेर अ’पराध गरी भन्ने मात्रै बुझ्छौँ । तर, पुरुषबाट हुने अ’पराध र ब्ल्या’कमेल पनि हनि ट्रयाप नै हो र यसबाट धेरै महिला दिदीबहिनीहरु पी’डित बनेका छन् । त्यसकारण ह’नी ट्रयापबाट महिला पनि उत्तिकै पीडित छन् ।’

ह’नी ट्रयापमा पुरुष पनि उत्तिकै जिम्मेवार– अधिकारवादी नेतृ अन्सारीका अनुसार हनी ट्रयापमा पुरुषहरुलाई पी’डितका रुपमा देखाइने गरिए पनि पुरुष पूरै पी’डित र महिला पूरै अपराधी हुँदैनन् । यौ’न आ’शक्ति र सम्पत्ति एवं मोजमस्तीका लागि पुरुषहरु महिलासम्म पुग्ने गरेका कारण ह’नी ट्रयाप व्यवसायका रुपमा फैलिएको हो ।

अन्सारी भन्छिन्, ‘ह’नी ट्रयापका केसहरु अध्ययन गर्दा पहिले पुरुषहरूले नै सम्पर्क गरेको र अगाडि बढेको देखिन्छ । पुरुषहरूले सुरु–सुरुमा म्यासेज, फोन आदिमार्फत् मायाप्रेमका कुरा गर्ने, केही सरसामान किनिदिने आदि गर्छन् । पछि उनीहरु सम्बन्धमा बसिसकेपछि महिलाले अधिकार र सम्पत्ति खोजेको देखिन्छ ।

अनि सम्बन्धमा खटपट आउन सुरु हुन्छ र महिलाहरुले ब्ल्या’कमेल गरेको पनि देखिन्छ ।’उनी अगाडि भन्छिन्, ‘ह’नी ट्रयापका केही केसहरु नितान्त आ’पराधिक मनसायबाट सुरुवात भएको पनि देखिन्छन् । तर, धेरै केसहरु सुरुमा सहमतिको व्यक्तिगत सम्बन्धबाट सुरु भएर अन्त्यमा हनी ट्रयापमा परिणत भएको पाइन्छ ।’

ह’नी ट्रयापिङमा संलग्न गिरोह नै छ-अन्सारीका अनुसार हनी ट्रयापमा केही पे’सेवर गिरोह नै संलग्न रहेको देखिन्छ । हनी ट्रयापिङ गरेर पैसा कमाउने गि’रोहकै कारण यस्ता घटना अचेल बढिरहेका छन् । उनी भन्छिन्, ‘महिलालाई प्रयोग गरेर

पुरुषहरुलाई परिबन्दमा पार्ने र त्यसबाट आर्थिक लाभ लिने गिरोह नै यसमा संलग्न छ । कतिपय अवस्थामा ह’नी ट्रयापमा संलग्न भनिएकी महिला नै पी’डित भएकोसमेत पाइएको छ । त्यसकारण, ती महिलालाई कसले, कसरी परिचालन गर्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ ।’

‘पुरुष पनि ह’नी ट्रया’पिङमा संलग्न छन्’– महिला आयोग र मानवअधिकार आयोगमा रहेर काम गरिसकेकी अन्सारी पछिल्लो समय महिलालाई ह’नी ट्रयापिङमा पारेर कमाउ धन्दामा पुरुषहरु समेत संलग्न रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पछिल्लो समय महिलाहरुलाई फ’साएर कमाउ धन्दामा लाग्ने पुरुषहरुको सङ्ख्या पनि बढिरहेको छ ।

महिलाका बारेमा बुझ्ने र सम्पत्ति भएकी एकल महिला, श्रीमान् विदेश वा शहरमा भएकी महिला आदि खोजीखोजी नजिक हुने, सम्बन्धमा रहने र अन्त्यमा सम्पत्ति सबै खाएर बि’चल्ली बनाउने पुरुषको सङ्ख्या पनि बढिरहेको छ । यो पनि ह’नी ट्रयापिङ नै हो ।’

आफू महिला आयोगमा रहँदा यस्ता धेरै के’सहरु आएका र ती घटना प्रहरीकोमा नपुग्ने गरेको बताउँदै अन्सारीले भनिन्, ‘तर, हनी ट्रयाप भन्नेबित्तिकै पुरुष मात्रै पी’डित भन्ने भान परेको छ ।’

वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह सक्रिय-अधिवक्तासमेत रहेकी अन्सारी पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गि’रोह महिलालाई फसाउन सक्रिय रहेको बताउँछिन् ।उनी भन्छिन्, ‘पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमती खोज्दै हिँड्ने पुरुषहरूको सङ्ख्या अत्यधिक छ ।

त्यस्ता महिलासँग नजिक हुने, सम्पत्ति सबै लिने र पछि बिचल्ली पारेर छाड्ने युवाको सङ्ख्या अत्यधिक छ । कतिपय अवस्थामा त्यस्ता महिलालाई भारत लगेर बे’चिएको छ भने कतिपय घटनामा महिलाले आ,’त्महत्यासमेत गरेका छन् ।’उनी अगाडि भन्छिन्, ‘ आ’पराधिक मनोवृत्ति बोकेका पुरुषहरूले सम्पत्ति र यौ’न क्रियाकलापका लागि त्यस्ता महिलाको खोजी गरिरहेका हुन्छन् ।’

अन्सारीका अनुसार सुरुमा त्यस्ता गि’रोहले पुरुषलाई विदेश पठाउने बेलादेखि नै सहयोगका नाममा नजिकिएका हुन्छन् । ती युवालाई विदेश पठाउन ऋण खोजिदिनेदेखि पासपोर्ट बनाउन जाने र एअरपोर्टसम्म पनि उनीहरु पुग्छन् । अनि जब युवा विदेश जान्छन्, त्यसपछि महिलासँग नजिक हुन्छन् र बैंक खाता खोलिदिनेदेखि विदेशबाट पठाएको पैसा लिन जान पनि महिलालाई सहयोग गरेको नाटक गर्छन् ।’

अन्सारी अगाडि भन्छिन्, ‘अनि महिलासँग नजिक भएपछि यौ’न सम्बन्धसम्म पुग्छन् र महिलाको सम्पत्तिमा आँखा लगाउन थाल्छन् । महिलासँग पैसा लिन थाल्छन् र अन्तिममा आफैले सम्बन्धमा रहेको सूचना महिलाको परिवारसम्म पनि पुर्याउने गर्छन् । अनि सबै थाहा भइहाल्यो, अब के गर्ने भागौँ भन्छन् ।

अनि महिलाले भएको सम्पत्ति बोकेर हिँडेपछि पुरुषले त्यो सम्पत्तिमा कब्जा जमाउँछ । सम्पत्ति सबै आफ्नो बनाइसकेपछि भने महिलालाई बे’वास्ता गर्न थाल्छन् र भारतमा लगेर बेच्नेसम्मका हर्कत गर्छन् । यो पनि हनी ट्रयाप नै हो ।’पुरुषले महिलामाथि गर्ने ब्ल्या’कमेल र सम्पत्तिका लागि गरिएको नियोजित ष’डयन्त्र र अपराधबाट धेरै महिलाहरु पी’डित भइरहेको उनले बताइन् ।

काठमाडौँमा धेरै कोठी सञ्चालनमा छन्– मानवअधिकारवादी नेतृ अन्सारी पछिल्लो समय काठमाडौंमा धेरै कोठीहरू सञ्चालनमा रहेकोसमेत दा’बी गर्छिन् । उनी भन्छिन्, ‘मैले यस्तो भन्न त नहुने हो, तर पनि म भन्न बाध्य छु कि काठमाडौंमा अहिले धेरै कोठी सञ्चालनमा छन् । फ्ल्याट भाडामा लिएर यौन अखडा बनाउने महिला र पुरुषको सङ्ख्या बढिरहेको छ ।’

अन्सारीका अनुसार त्यस्ता मानिसहरु ग्रामीण क्षेत्रबाट शहरमा आउने र फ्ल्याट भाडामा लिएर बस्ने गरेका छन् । उनीहरुमध्ये कतिपय, विवाहित, डि’भोर्सी, एकल त कतिपय अविवाहित नै हुन्छन् । काठमाडौंमा उनीहरुको अरु पेसा वा व्यवसाय नभए पनि उनीहरुको जीवनशैली सम्पन्नको जस्तो हुन्छ ।

अन्सारी भन्छिन्, ‘काम नगरी शहर बजारमा कसैले उच्च शैलीको जीवनशैली बाँचिरहेको छ भने उसले केही न केही त गरेकै हुन्छ । शहरमा बसेपछि सुरुमा बाँच्ने आधार र पछि महत्वाकांक्षा बढ्दै जाँदा उनीहरुले फ्ल्याट नै भाडामा लिएर यौन अखडा चलाउने गरेको समेत पाइएको छ ।’

कुनै व्यक्ति धनी भेटिएको अवस्थामा ब्ल्या’कमेलसमेत गरी धेरै रकम असुल्ने गरिएको र ह’नी ट्रयापमा पार्ने गरिएको अन्सारी बताउँछिन् । उनी भन्छिन्, ‘यदि कोही व्यक्ति शहर बजारमा बिना काम बसिरहेको छ र उसको आम्दानीको स्रोत पनि अरु केही छैन भने बुझ्नुस् कि ऊ कुनै न कुनै रुपले यस्तै कार्यमा संलग्न हुन सक्छ ।’

यस्तो अ’पराधका लागि सुरुमा बाँच्ने आधारबाट सुरु भई पछि छिटो र धेरै कमाउने उच्च महत्वाकांक्षाले काम गरेको उनी बताउँछिन् । अन्सारी भन्छिन्, ‘तर, महिलाको मात्रै चाहना र योजनाले कुनै पुरुष ह’नी ट्रयापमा पर्दैन । यसमा घरमा परिवार हुँदाहुँदै पनि महिलाको पछि दगुर्ने पुरुष पनि उत्तिकै जिम्मेवार हुन्छ ।’ मदन ढुङ्गाना / राताेपाटी