फरक : प्रचण्ड डोरी समाएर जिप लाइनमा रमाउदै, जनता डोरी समाएर बाढीमा ज्यान बचाउदै

काठमान्डौ: आज शुक्रबार प्रचण्डको जिप लाइनमा रमाउदै गरेको तस्बिर खुबै भाइरल भयो ।जनताहरु बाढीको पीडाले दुखि भएको बेला प्रचण्ड जिप लाइनमा रमाउदै गर्दाको भिडियो सिधाकुराबाट बाहिरीएपछी प्रचण्ड प्रति जनताको आर्क्रोस बढेको छ ।

प्रमुख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाति नातिनीसहित धुलिखेल पुगेर क्लासिक जिपलाइनमा सयर गरेका थिए ।प्रचण्ड जिप लाइन मा मज्जा लिनु केहि दिन आगाडी मात्र देश भर बाढी बाट सय जना भन्दा बढीले ज्यान गुमाएका थिए ।

जनता हरु पिडा मा भएको बेला सर्बहाराको पार्टीको नेता जिप लाइन मा रमाएको भन्दै प्रचण्डको आलोचना समेत भएको छ ।विगतमा अग्नि सापोटासँगै सिन्धुपाल्चोक जाने गरेका प्रचण्ड पछिल्लो समय अन्य सहयोगी बोकेर सिन्धुपाल्चोक पुग्ने गरेका थिए ।

बिहीबार सुकुटेमा आरम गरेर फर्किएका प्रचण्ड शुक्रबार काभ्रेको धुलिखेल जिपलाइनमा रमाइलो गरिरहेका थिए । नागरिकहरू बाढी र पहिरोमा चपेटामा परेर रूँदै र चिच्याउँदै बसिरहेको समयमा तीनहरूको उचित व्यवस्थापनमा लाग्न सरकारलाई प्रेरित गर्नुपर्नेमा प्रचण्ड भने जिपलाइन र सुकुटेमा रमाइरहेका छन ।

हिजैमात्र कञ्चनपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितसँग झोक्किदै पीडितको कुरा सुन्न इन्कार गरिरहेका थिए । उनले पीडितले प्रश्न गर्न लाग्दा बढी बोल्दै हुनुहुन्छ चुप लाग्नुस भन्दै हकारेका थिए । हिजो सुदुरपश्चिम पुगेका प्रधानमन्त्री देउवा आज काठमाडौँ फर्किदैछन ।भिडियो