आर्यन सँग जोदिएपछी फिल्मबाट निकालिइन अनन्या

मुम्बई क्रुज लागुऔ’षध मुद्धामा बलिउड अभिनेत्री अनन्या पाण्डेको नाम जोडिएपछि उनीमाथि समस्याको श्रृंखला सुरु भएको छ । ना’रकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले उनलाई दुईपटक सोधपुछ गरिसकेका छन् र सोमबार पुनः एनसीबीमा हाजिर हुनुपर्नेछ ।

यो घटनाको असर उनको करियरमा देखिएको छ । आर्यन खानको लागुऔ’षध मुद्धासँग जोडिएर नाम आएपछि उनलाई दक्षिण भारतीय सुपरस्टार थलपति विजयको फिल्मबाट निर्माताले निकालेका छन् ।विजय चाँडै नै फिल्म ‘थलपति ६६’मा देखिँदैछन् ।

यो फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन् । यो फिल्मको छायांकन आगामी वर्षबाट सुरु हुँदैछ । यो फिल्ममा अभिनेत्रीको रुपमा अनन्या छानिएकी थिइन् । यो फिल्म हिन्दी भाषामा पनि डब हुँदैछ ।तर लागुऔ’षध मामलासँग जोडिएपछि अनन्यालाई फिल्म ‘थलपति ६६’बाट हटाइएको छ ।

अनन्याको नाम आर्यनको ह्वाट्स एप च्याटमा देखिएपछि बिहीबार एनसीबीको टिम उनको घर पुगेको थियो । उनलाई बिहीबार र शुक्रबार सोधपुछ गरिएको थियो । अनन्यामाथि च्याटमा गाँ’जा माग्ने कुरा गरेको आरोप छ ।अनन्याले करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

यसपछि उनले कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’मा अभिनय गरिन् । यसबाहेक उनी इशान खट्टरको फिल्म ‘खाली पिली’मा पनि देखिएकी छन् । यी तिन फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेनन् । अनन्या हाल विजय देवरकोण्डाका साथ फिल्म ‘लिगर’मा काम गरिरहेकी छन् ।