यी हुन् क्या’न्सर नि’म्त्याउने खानेकुराहरु

धेरै मानिसहरुलाई लाग्छ, क्या’न्सर केवल र’क्सी, चु’रोट र सु’र्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्या’न्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् ।तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित से’वनले क्या’न्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं ।

पपकर्न– भुटेको मकै मन नपराउने को होलान् रु धेरै मानिसहरु आगोमा आफैंले भुटेर मकै खान्छन् । तर, आजकाल पपकर्नका नाममा प्याकेटमा बन्द गरिएका मकै बजारमा उपलब्ध छन् । त्यसलाई केही मिनेट मा’इक्रोवेवमा राखेर तात्तातै खान सकिन्छ ।

तर यो प्याकेटमा आउने पपकर्न फोक्सोको क्या’न्सरको कारण बन्न सक्छ । मा’इक्रोवेबमा जब यो प्याकेट तातो हुन्छ, यसले कैयन प्रकारका के’मिकल्सहरु छोड्छ, जसले प्याकेटभित्र हुने तेल वा मख्खन वा पपकर्नमा मिलेर फोक्सोलाई कमजोर बनाउँछ ।

डि’ब्बाबन्द खाना– आजकाल समय बचाउने च’क्करमा मानिसहरु ताजा फल र तरकारीको ठाउँमा डिब्बावाला खानातर्फ आकषिर्त भइरहेका छन् । धेरै प्रकारका प्या’क्ड फुड्स बजारमा पाइन्छन् जुन केवल २ मिनेटमा तयार हुन्छन् । तपाईंको जानकारीका लागि, स्टील वा प्लास्टिकको डिब्बामा बि’स्फेनाल भन्ने पदार्थ रहेको हुन्छ जुन पछि क्या’न्सरको कारण बन्न सक्छ ।

क्या’न्सरको सबैभन्दा ठूलो कारण हो प्रशोधित चिनी । यदि तपाईंलाई ब्राउन सुगर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ भने त्यो गलत हो । किनकि यसमा रंग र स्वाद मिसाइएको हुन्छ जसले गर्दा यो झनै ख’तरनाक हुन्छ । रिफाइन्ड सुगरले क्या’न्सरको कोषहरुलाई पाल्ने काम गर्छ । त्यसैले चिनीको साटो महको से’वन गर्न र कम गुलियो खान सुझाव दिइन्छ ।

का’र्बोनेटेड ड्रिं’क्स– जति पनि बोतलमा भरिएका पे’यपदार्थ तपाईं पिउनुहुन्छ, ती सबैमा का’र्बोहाइड्रेट हुन्छन् । यो ग्यासले बनेको फिँज हेर्दा निकै राम्रो देखिन्छ तर तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसमा हुने कमिकल्स र क’लर्सले यसलाई अझै खतरनाक बनाएको हुन्छ ।

बनश्पती तेल– धेरै मानिसहरु सोच्छन् कि वनश्पती तेल स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो पनि गलत धारणा हो । यो तेल थुप्रै रसायनहरुले भरिपूर्ण हुन्छ । यसलाई रसायनिक प्रक्रियाबाट प्रशोधित गरिएको हुन्छ । यसले गर्दा तेलको वास्ना र स्वाद बदलिन्छ ।

डाइट फुड– आफ्नो स्वास्थ्यमा सचेत व्यक्तिहरु खानेपिउने सामानहरुमा ‘डाइट’ शब्द देखेर आकषिर्त हुन्छन् । यही कराणले आजकाल बजारमा डाइट ड्रिं’क्स र डाइट फुड्सहरु आएका छन् । यिनीहरुको आवश्यकताभन्दा बढि से’वनल पनि क्या’न्सरका कोषलाई बढाउन सक्छन् ।

फ्राइड फुड-खानाभन्दा बढि आजकाल मानिसहरु फ्राइड फुड खान्छन् । अलिअलि भोक लागेको बेलामा फ्राइड फुडले नै काम चलाउँछन् । यस्ता खानेकुराहरु खानलाई स्वादिष्ट त हुन्छन्, तर यिनीहरुमा रहेका विभिन्न तत्व अन्ततः क्या’न्सरका कारक पनि बन्न सक्छन् ।