टेलिभिजन सिरियल‘अनुपमा’ अभिनेत्री माधवीको नि’धन

मुम्बई – टेलिभिजन सिरियल ‘अनुपमा’मा रुपाली गांगुलीको आमाको भूमिकामा अभिनय गर्ने माधवी गोगटेको को’रोना संक्रमणका कारण नि’धन भएको छ । कोरोना संक्रमित भएपछि मुम्बईको सेवेन हिल्स अस्पतालमा भर्ना भएकी उनको सोही अस्पतालमा नि’धन भएको हो ।

माधवी ५८ वर्षकी थिइन् । उनले कैयौं टेलिसिरियलमा अभिनय गरेकी थिइन् । रुपालीले माधवीको सम्झना गर्दै सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छन् । माधवीले सुरुवाती समयमा अनुपमाको आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो ।

माधवी टेलिभिजन उद्योगमा लामो समय सक्रिय रहिन् । उनले एकता कपुरको सिरियल ‘कहीँ तो होगा’बाट लोकप्रियता पाएकी थिइन् । यो सिरियलमा उनले सूजलको आमाको भूमिका निर्वाह गरेकी थिइन् । माधवीले ‘कोई अपना सा’, ‘ऐसा कभी सोचा ना था’लगायतमा पनि अभिनय गरेकी थिइन् ।

यो पनि – आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अ’वैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डु’बेको बताएको छ।

आइओएमले ट्वीट गर्दै भनेको छ, ‘लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डु’बेका छन् भने जी’वित १५ जनालाई माछा मा’र्ने व्यक्तिहरूले समुद्रमा डु’बेर उद्दार गरेका छन् ।’ ‘यो पछिल्लो त्रा’सदीसंगै यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको छ’, आइओएमले भन्यो।

लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अ’राजकताको सामना गरिरहेको छ । जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गै’रकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दू पनि बनाएको छ ।