आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाण्डाै – सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झ’रेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ।

हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको भाउमा प्रभाव परेको हो ।

को’रोना म’हामारीका कारण अमेरिकाको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्ने पावेलको र’णनीतिको असर सुनमा परेको हुन सक्ने उहाँले बताउनुभयो ।