माघ २४ मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्र’भावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उहाँले बताउनुभयो ।जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ ज’मेको छ । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिनुभयो ।

बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताउनुभयो । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खु’वाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छा’डिने उहाँले जानकारी दिनुभयो ।सरकारी कार्यालयमा से’वाग्राहीको उपस्थिति पनि न्यू’न छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्र’भावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कु’रुवालाई घर जि’म्मा लगाएर जाडो छ’ल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झ’रेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ ।

यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भि’जेर बिरुवालाई आवश्यक तत्व आ’पूर्ति हुने घ’रपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताउनुभयो ।हिउँ प’ग्लिएर खेतबारीमा हा’लेको मल भिज्ने र बोटबिरुवा फ’स्टाउने, उत्पादन ब’ढ्ने जनाइएको छ । स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चि’लिङ्ग रि’क्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा हिउँ पर्दा राम्रो हुने स्याउ जो’नका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । हिउँ परेपछि स्याउ, जौँ गहुँ, उवा, फापर बाली स’प्रने जनाइएको छ ।