पोखरा । हिमाली बाख्राको रूपमा चिनिने जंगली जनावर घोरल पोखरामा भेटिएको छ । बुधबार अन्दाजी २ वर्षको भाले घोरल पोखरा– २९ बुढिबजारमा भेटिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार घोरलको उद्धार गरी पचभैयास्थित वन्यजन्तु उ’द्धार केन्द्रमा राखिएको छ । घोरल उच्च पहाडी तथा भित्री मधेशमा पाइने यो जनावार पोखरामा नै भेटिएको हो ।उनले भने, ‘पोखराको सुन्दरीबजारमा बिहान स्थानीयले देख्नुभएको रहेछ । त्यसपछि ल’खेट्दै स्थानीय विद्यालयको जा’लीले घे’रिएको खेल मैदानमा पुर्याएपछि हामीलाई खबर गर्नुभयो ।

त्यसलाई अहिले वन्यजन्तु उ’द्धार केन्द्रमा राखेका छौँ ।’ हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ हुन्छ तर पोथी घोरलको सिङ हुँदैन । नेपालमा घोरलको संख्याको बारेमा य’किन तथ्यांक छैन। तर, प्रशस्तै पाइने गरेको प्रमुख श्रेष्ठले बताए ।अक्करे भीरमा पनि सहजै हिँ’ड्डुल गर्न र दौडिन सक्ने यो जनावार समुद्री सतहबाट तीन सयदेखि तीन हजार मिटरको उचाइमा पाइन्छ। घोरल मुख्यगरी धौलागिरि हिमालको आसपासमा पर्ने ढोरपाटन सि’कार आ’रक्ष, म्याग्दी, मुस्ताङ लगायतका ठाउँमा पाइने गरेको छ ।