भलिबल खेलाडी प्रतिभा मालीको उपचार खर्च राखेपले बेहोर्ने

काठमाडौं, राष्ट्रिय महिला भलिबलर होंगान्जी न्यू डायमण्डकी स्टार खेलाडी प्रतिभा मालीको उपचारमा लाग्ने सबै खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बेहोर्ने भएको छ ।ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको अन्तिम दिन बुधबार आफ्नो मन्तव्य राख्ने क्रममा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गरेका हुन् । उनले भने ‘प्रतिभाको उपचारमा लाग्ने सबै खर्च राखेपले बेहोर्नेछ ।’गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलको फाइनलमा प्रतिभा सम्मलित नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो । नेपालले पहिलो पटक भारतलाई सोही खेलमा २ सेट हराएको थियो ।

माघ १० गते घुँडामा चोट लागेर त्रिुपरेश्वरस्थित ब्लु क्रममा उपचार गराएकी प्रतिभा १७ दिनपछि सोमबार डिस्चार्ज भइकी थिइन् । आरबिबी एभिए क्लब भलिबल च्याम्पियनसिपको फाइनलका दौरान चोट लागेका प्रतिभा अपचारका लागि ब्लु क्रस अस्पतालमा भर्ना भइकी थिइन् ।बायाँ घुँडामा गम्भिर चोट लागेपछि उनी अस्पताल भर्ना भइकी थिइन् । डा. श्रेष्ठले शल्यक्रिया सफल भएको र त्यसपछि गर्न मिल्ने जति फिजियो सुरु गरिसकेको जानकारी दिएका थिए । घुँडाको शल्यक्रिया पछि आराम गरिरहेकी छिन् । क्लब च्याम्पियनसिपको फाइनल दौरान चोट बोक्न पुगेकी थिइन् । एपिएफविरुद्ध खेल्दा घुँडामा चोट लागेको थियो ।