माथिको आ’देश भन्दै प्रहरीले ह’टायो प्रचण्डका घरबेटी अधिकारीको तस्बिर !

भक्तपुर – समयमै काम नसकाएको भन्दै वि’रोधस्वरूप नगरकोटका स्थानीय पी’डितले ठाउँठाउँमा राखेका ठेकेदार शारदाप्रसाद अधिकारीका तस्बिर (पोस्टर) ह’टाइदिएका छन्। भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म राखिएका ठेकेदार अधिकारीका तस्बिर माथिको आ’देश भन्दै सादा पोसाकमा आएका प्रहरीले ह’टाइदिएको स्थानीयले जनाएका छन्। स्थानीय पी’डितले कात्तिक २६ गते तस्बिर टाँ’गेका थिए। माथि कुकुर, बाँदरलगायत जनावर र तल ठेकेदार अधिकारीको फोटो राखेर भक्तपुर नगरकोट सडकका पोलपोलमा टाँगिउका थिए।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा तस्बिरहरू टाँगिएका हुन्। समितिका अध्यक्ष नवीन गुरुगले अ’धिकांश तस्बिरहरू सादा पो’साकमा आएका प्रहरीले ह’टाएको जानकारी दिए। पोलहरूमा एक सय ३० र गाडीमा ४० वटा गरी एक सय ७० वटा तस्बिरहरू टाँगेका थियौं,’ उनले भने, ‘तर त्यही दिन माथिको आ’देश भन्दै झि’किए।’ अध्यक्ष गुरुङका अनुसार विशेष गरी ठुल्ठुला तस्बिर झि’किएका र केही साना एक दर्जन जति तस्बिर बाँकी रहेका छन्। ठेकेदार नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरधनी हुन्।

कमलविनायक नगरकोट सडक खण्डअन्तर्गत करिब १६ किलोमिटर सडक जि’म्मा लिएको ६ वर्ष बि’तिसक्दासमेत वि’स्तार का’र्य नसकेपछि आ’क्रोशित स्थानीयले नगरकोट चोक, बिजुली र टेलिफोनका खम्बासँगै नगरकोट आउजाउ गर्ने सवारीसाधनमा ठेकेदार अधिकारीका तस्बिर टाँ’गेका थिए। नागरिक दैनिकले लेखेको छ।