फेरि १० लाख मास्कसहित सानोभर्‍याङबाट एक पक्राउ

५ चैत्र २०७६, बुधबार काठमाडौं, प्रहरीले १० लाख थान मास्कसहित एक जनालाई पक्राउ परेका छन्। बुधबार महानगरीय प्रहरी महाशाखाको टोलीले १० लाख मास्कसहित गोरखा आरुघाटका विनोद न्यौपानेलाई सानोभर्‍याङबाट पक्राउ गरेको हो। बजारमा पाइने भन्दा बढी मुल्यमा बेचेको सूचना पाएपछि प्रहरीले ब’रामद गरेको महाशाखाका एसएसपी सहकुल थापाले बताए। विश्वमा को’भिड-१९ को’रोना भा’इरस फैलिरहेको बेला बढी मुल्य लिएर बेच्ने सामानहरु ब’रामद गर्न थालिएको एसपी थापाले जानकारी दिए।

यस अघि प्रहरीले प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्कसहित ७ जनालाई पक्राउ गरेको थियो। बढी मुल्यमा बिक्री गरेर लैजाँदै गरेको बेला स’माएपछि घ’टनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क ब’रामद गरेको थियो। को’रोना भा’इरस संक्रमणको त्रा’स बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अ’भाव भएको छ। का’लोबजारी गर्नेहरुले सामान लुकाएर कृ’त्रिम अ’भाव सि’र्जना गरिएको उपभोक्ताको गु’नासो छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ ज’रिवाना असुल्न थालेको छ।