साउदी अरबबाट घरमा पैसा पठाउँदा एक नेपालीले पाए १० लाख

रियाद । साउदी अरबबाट नेपाल घरमा पैसा पठाउँदा एक नेपालीले १० लाख रुपैँया नगद पुरस्कार हात पारेका छन् । सप्तरीका जागेश्वर भुस्कुलिया यादवले साउदी अरबका टेलिमनि ट्रान्सफरबाट नेपालको सिटी एक्सप्रेसमा पैसा पठाए बापत उक्त नगद पुरस्कार जितेका हुन् ।सिटी एक्सप्रेसले गत वर्षको दशैँ तिहार तथा छठ पर्वको अवसरमा ‘न यति न उति सिधै लखपति’ बाम्पर उपहार राखेको थियो । जस अन्तर्गत यादवले साउदी अरेबियाको जुबेलस्थित टेलिमनि ट्रान्सफर ब्रान्चबाट गत वर्ष पैसा पठाए बापत उक्त रकम जितेका हुन् ।

लक्की ड्र मार्फत नगद पुरस्कार जितेका यादवले खुशी हुँदै भन्छन्, ‘पहिला यत्ति धेरै पैसा जितें भन्दा विश्वास नै लागेको थिएन । तर, नेपालबाट सिटी एक्सप्रेसले नै कल गरेर भनेपछि नै बिश्वास लाग्यो । कुरा यथार्थ रहेछ । अत्यन्तै खुसी लाग्यो ।’साउदी अरबका लागि अरब नेसनल बैंक (टेलिमनीका रेमिटेन्स म्यानेजर ) जितेन्द्र थपलियाले गत मार्च ०६ तारिखका दिन यादब काम गर्ने कम्पनीमा आफै पुगेर यादवलाई बधाई दिएका थिए । ब्रान्च म्यानेजरसहित टीमको उपस्थितिमाकेक काटेर यादवलाई बधाई ज्ञापन गर्दै उत्सब मनाएको थियो । यादव विगत साउदी अरवमा ४ वर्षदेखि कार्यरत छन् ।